Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने

अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने

  • PNN Times
  • शुक्रवार, भाद्र १९ २०७७


  • अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले  राजीनामा दिने
     भदौ १९, काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा पुगेको सुनाएका थिए ।
    राष्ट्रियसभाको एक सिटमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो तत्कालका लागि बन्द भएको छ । त्यससँगै उनले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो ।
    उनले साँझसम्म राजीनामा दिने बताइएको छ । बैठकमा प्रधानमन्त्री ओलीले अप्ठ्यारो बेला सरकारमा बसेर काम गरेको भन्दै धन्यवाद दिएका छन् ।
    #अनलाईन खबरबाट

    शुक्रवार, भाद्र १९ २०७७०३:०४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend