Logo

शनिवार, कार्तिक १ गते २०८३

images

हाम्रोबारे

हाम्रोबारे


मिडिया समाजको ऐना हो । समाजको चरित्र र स्वरुप जस्तो छ त्यस्तै प्रतिरुप मिडियामा प्रतिबिम्बित हुन्छ । तर मिडिया समाजको ऐना संगै समानता, सुशासन र न्यायका लागि सकारात्मक गोरेटो पहिल्याउने समाजको पथ-प्रदर्शक पनि हो । मिडियाले यर्थाथताको प्रतिनिधित्व मात्र गर्दैन भविष्यमा देख्न चाहेको संसार र समाजको पुनः निर्माण पनि गर्छ । मिडियाको मुख्य भुमिका भनेको समाजमा घटित घटना, समस्या, सम्भावनाको खोजी गर्दै समाचारको माध्यमबाट आम नागरिकमा सूचना प्रवाह गर्नु र समस्याको समाधान गर्नु पनि हो ।

मिडिया वा सञ्चारमाध्यमले सूचना प्रवाहसँगै शिक्षा र मनोरञ्जन पनि प्रदान गर्दछ । मिडियाले निरन्तर रुपमा प्रदान गर्ने सूचना, शिक्षा र मनोरञ्जनले प्रस्तुत विषयका सन्दर्भमा आम नागरिकको विचार निर्माण हुन्छ  । मिडियाबाट प्रवाहित विषयवस्तुले आम नागरिकको सामाजिक जीवन वा चरित्रमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । सञ्चारमाध्यम र समाज एक अर्कासंग अन्तर सम्बन्धित छ ।  समाजविना सञ्चार र सञ्चारबिना सार्थक समाजको परिकल्पना २१ औं शताब्दीमा असम्भव जस्तै हो । सुचनाको प्रवाह हुने माध्यम भनेको मिडिया मार्फत हो । प्रविधीको तिव्र विकास भइरहेको पछिल्लो समयमा छापामाध्यम वा इलेट्रोनिक माध्यमबाट सन्देशको प्रवाह गरिन्छ । सोही अनुरुप हामीले

सत्य, तथ्य, निश्पक्ष र निर्भीक पत्रकारीताका लागि  पावर न्यूज नेटर्वक मिडिया प्रालिद्वारा  (पिएनएन ) प्रालिद्वारा  सञ्चालित  दक्षिण  पर्वतकै एकमात्र डिजिटल पत्रिका  PNN Times अनलाईन प्रकाशन सुरु गरिएको हो ।

यस अनलाईन पोर्टल मार्फत समाजमा हुने गरेका हरेक किसिमका सकारात्मक पक्षहरु, सेवाप्रदायक संस्थाहरुमा हुने गरेका अनियमितता  तथा अन्य नकारात्मक गतिविधिहरुलाई यथार्थ रुपमा बाहिर ल्याएर नागरिकको सुचनाको हकलाई सुनिश्चित गर्नेे अभिप्राय लिएका छौ ।  सञ्चार जगतको विद्यमान नीति तथा कार्यविधिको अधिनमा रही सञ्चारका माध्यमबाट स्थानीय जनतालाई सुसुचित गराउन समाचार तथा अन्य लेख मार्फत जागरण ल्याउने यसकोे प्रमुख लक्ष्य हो । साथै राष्ट्रियता, सामाजिक एकता, विकास, संस्कृति तथा सम्पदाको संरक्षण एवं प्रचार प्रसार, कृषि, पर्यटन, जवाफदेहिता, पारदर्शिता तथा अन्य सामाजिक सभ्यतासंग सरोकार राख्ने विविध क्षेत्रमा सकारात्मक भुमिका खेल्ने पिएनएन टाईम्सको उद्देश्य रहेकोे छ ।

Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend