Logo

शनिवार, कार्तिक १ गते २०८३

images

एमसिसी संविधानभन्दा माथि छ भनेर हावादारी कुरा गर्ने - गगन थापा

एमसिसी संविधानभन्दा माथि छ भनेर हावादारी कुरा गर्ने - गगन थापा

  • PNN Times
  • आइतवार, फाल्गुण १५ २०७८


  • काठमाण्डौ -नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसिसी पारित गरेर जानुपर्ने बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा एमसिसीबारे सैद्धान्तिक छलफलमा भाग लिँदै कांग्रेस सांसदसमेत रहेका थापाले एमसिसी पारित गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि साथ दिनुपर्ने बताए।

    ‘राजनीतिक कारणले प्रतिपक्षी दल आज हामी सँगसँगै बसेर छलफलमा भाग लिन सकिरहेको छैन। तर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ल्याउनुभएको प्रस्ताव पारित गर्ने हो। उहाँले ल्याउनुभएको प्रस्तावका पक्षमा एमाले पनि उभिन्छ भन्ने विश्वास हो,’ उनले भने।

    images

    उनले एमसिसी पारित गरेर ६० अर्ब लिनुपर्ने बताए। त्यसपछि चीन, भारतलगायत देशसँग पनि अनुदान लिनुपर्ने उनले बताए। सबैको अनुदान ल्याएर देशका पक्षमा काम गर्नुपर्ने थापाले बताए। 

    एमसिसीबारे जनतालाई आश्वस्त बनाउनुपर्ने उनले बताए। ‘मन्त्रिपरिषदमा आफैँ बस्ने, हिजो निर्णय गरेर आउने अनि यहाँ बसेर विरोध गर्ने?,’ माओवादी सांसद गिरिराजमणि पोखरेलतर्फ संकेत गर्दै उनले भने।

    उनले संविधानभन्दा माथि एमसिसी छ भनेर हावादारी कुरा नगर्न पनि नेताहरूलाई आग्रह गरेका छन्। उनले नेताहरूलाई धेरै झुठ नबोल्न पनि आग्रह गरेका थिए। 

    आइतवार, फाल्गुण १५ २०७८०६:१९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend