Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्थानीय सरकारले जनउत्तरदायी काम गर्नुपर्छ  ः प्रधानमन्त्री देउवा

स्थानीय सरकारले जनउत्तरदायी काम गर्नुपर्छ  ः प्रधानमन्त्री देउवा

  • मोहन सुनार
  • बिहिवार, चैत्र १० २०७८


  • स्थानीय सरकारले जनउत्तरदायी काम गर्नुपर्छ  ः प्रधानमन्त्री देउवा

    चैत्र १०,स्याङ्जा । प्रधानमन्त्री शेर बहादुर देउवाले निर्वाचन प्रजातन्त्रको मेरुदण्ड रहेको बताउनु भएको छ । बिहिबार चापाकोट नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुहुँदै उहाँले देश निर्वाचनको सँघारमा रहेको बताउनु भयो । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबाले  निर्वाचन प्रजातन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ । स्याङ्जाको चापाकोट नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न स्याङ्जा आउनुभएका देउबाले निर्वाचन यस्तो बताउनुभएको हो । 
    उहाँले देश निर्वाचनमा गैसकेको र सरकारले निर्वाचन सफल गराउन आवश्यक सम्पुर्ण तयारी गरिसकेको उल्लेख गर्नुभयो । 
    निर्वाचनलाई निस्पक्ष,स्वतन्त्र र भयरहित तरिकाले सम्पन्न गर्न सम्पुर्ण राजनितिक दल तथा आम सर्बसाधारणलाई उहाँले अनुरोध गर्नुभयो ।
    प्रधानमन्त्री देउवाले मुलुकमा तीन तहको संघीय प्रणाली लागू भएपछि संविधानले स्थानीय तहलाई विकास निर्माण तथा सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको उल्लेख गर्नुभयो । स्थानीय सरकारका काम कारबाहीलाई नागरिकले नजिकबाट नियालीरहको हुने उल्लेख गर्दै  प्रधानमन्त्री देउवाले स्थानीय सरकारले पारदर्शी भएर जनउत्तरदायीे काम गर्नुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रमा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले स्याङ्जाको चापाकोट र पाल्पाको रामपुर नगरपालिकालाई समेटेर विकास निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।
    उहाँले कालीगण्डकी नदीको दायाँबायाँ ठूलो सहर बस्न सक्ने भएकाले कालीगण्डकी नदीमाथि आफू भौतिक तथा पूर्वाधार मन्त्री हुँदा पुल निर्माण गरेको र अरु पुल अहिले पनि निर्माणको क्रममा रहेको बताउनुभयो ।ढिलै भए पनि एमसिसी पास भएको छ, यसले नेपालमा समृद्धि ल्याउन र विकास निर्माणमा सहयोगी हुने विश्वास उहाँको छ । स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनसम्म अहिले रहेको गठबन्धनलाई निरन्तरता दिनु आवश्यक रहेको उहाँको भनाइ थियो ।
    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आसन्न निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायम रहने बताउनुभयो । उहाँले देशलाई प्रतिगमनकारीबाट बचाउनका लागि पाँच दलीय गठबन्धन जरुरी रहेको बताउनुभयो ।गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले धार्मिक, पर्यटकीय एवं कृषिका क्षेत्रमा चापाकोटमा प्रचुर सम्भावना रहेकाले अलपत्र परेको कृषि क्याम्पस सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले सिँचाइका क्षेत्रमा पनि नयाँ योजनाहरुसहित अगाडि बढेर उर्वरायुक्त भूमिलाई सिञ्चित गर्नुपर्ने बताउनुभयो ।अघिल्लो सरकारले कालीगण्डकी डाइभर्सनको योजना अगाडि सारेर यहाँका नागरिकलाई तर्साएको नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाले बताउनुभयो ।चापाकोट नगरपालिका समथर र निकै सम्भावना बोकेको स्थल भएको बताउँदै विमानस्थल, कालीगण्डकी नदीमाथि पक्की पुल, यहाँसम्म पुग्नका लागि सडक निर्माणलाई जोड दिन उहाँले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।चापाकोट नगरपालिका धेरै सम्भावना बोकेको पालिका भएकाले पनि यसको विकासका लागि स्थानीय सरकार लागिपरेको नगरप्रमुख शिवकुमार गिरीले बताउनुभयो । 

    बिहिवार, चैत्र १० २०७८०६:५३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend