Logo

शनिवार, कार्तिक १ गते २०८३

images

परमादेश सरकारको उपहार मूल्य वृद्धि : नेता बस्नेत

परमादेश सरकारको उपहार मूल्य वृद्धि : नेता बस्नेत

  • गोपाल जिटी
  • बुधवार, चैत्र ३० २०७८


  • परमादेश सरकारको उपहार मूल्य वृद्धि : नेता बस्नेत

    चैत्र ३०,वालिङ । नेकपा एमालेका नेता महेश बस्नेतले परमादेशको सरकारले जनतालाई मूल्य वृद्धिको उपहार दिएको बताउनुभएको छ । बुधबार राष्ट्रिय युवासंघ नेपाल वालिङ नगर कमिटिले आयोजना गरेको भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्नुहुँदै एमालेका पोलिटव्युरो सदस्य तथा पूर्व मन्त्री बस्नेतले जनताको दैनिकिलाई कष्टकर हुने गरी मूल्य वृद्धि हुँदा समेत सरकारले कुनै प्रभावकारी कदम चाल्न  नसकेको उल्लेख गर्नुभयो ।
    डिजेल पेट्रोल, खानेतेल देखि खाद्यान्नमा अत्यधिक मूल्य वृद्धि भएका कारण सरकारले यसप्रति चासो नदिएको उहाँको भनाई छ । नेपाली कांगे्रसले लामो समय नेतृत्व गरेपछि कुनै ऐतिहासिक काम गर्न नसकेको ईतिहास रहेको उहाँले बताउनुभयो । गठबन्धनको सरकारले नागरिकलाई भ्रम सिर्जना गर्ने बाहेक अन्य कुनै काम गर्न नसकेको उहाँको टिप्पणी छ । नेता बस्नेतले आगामी निर्वाचनमा जनताले नेकपा एमालेलाई दुईतिहाई मतका साथ विजयी गराउने उहाँको विश्वास छ ।राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय इन्चार्ज समेत रहनुभएका बस्नेतले नेकपा एमालेलेमात्र समाज रुपान्तरणको अभिभारा बोक्न सक्ने हिम्मत राख्ने दावीगर्नुभयो ।
    उहाँले भन्नुभयो—“जनताको विश्वास नेकपा एमालेलाई र जनमतमा विश्वास नेकपा एमालेले मात्र गर्ने पुष्टी भैसकेको उल्लेख गर्नुभयो । नेकपा एमालेलेमात्र शोषण, दमन र उत्पिडनको अन्त्य गर्ने आँट र शाहस गर्नसक्छ, नेकपा एमालेले मात्र पछाडि परेका जात र वर्गलाई राज्यको मूल प्रवाहमा समाहित गर्नेकुरामा महत्वपूर्ण भूमिका खेल्नसक्ने, यो मुलुकको राष्ट्रियता जोगाउने, गुमेका भूभागहरु फिर्ता ल्याउने, मान सम्मान र नेपाली जनताको आशा र भरोसा जोगाउनसक्छ ।”नेता बस्नेतले नेकपा एमालेले भ्रष्टाचार, घुसखोरी, अनियमितता, तस्करी, माफियातन्त्रलाई दृढताका साथ विधि र कानूनको प्रयोग गरेर अन्त्य गर्नेकुरामा भूमिका खेल्नसक्छ भन्नेकुरा आम जनताको मन मनमा र घर घरमा पु¥याउन सफल भएको उहाँको भनाई छ ।

    बुधवार, चैत्र ३० २०७८०९:२३:२२

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend