Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सरिता गिरीमाथी प्रश्न : नयाँ नक्सा अंकित साँसदको लोगो छातीमा लगाउने कि राजिनामा दिने ?

सरिता गिरीमाथी प्रश्न : नयाँ नक्सा अंकित साँसदको लोगो छातीमा लगाउने कि राजिनामा दिने ?

  • PNN Times
  • बुधवार, श्रावण २१ २०७७


  • सरिता गिरीमाथी प्रश्न : नयाँ नक्सा अंकित साँसदको लोगो छातीमा लगाउने कि राजिनामा दिने ?

    प्रतिनिधि सभाका साँसदहरुले छातीमा लगाउने माननीयको लोगो अब सरिता गिरीले लगाउने वा आफुले नयाँ नक्सा संशोधनको विपक्षमा भएको दर्ता खारेज भएपछि संसदले पास गर्ने नयाँ नक्सा अंकित लोगो नलगाउने भन्ने विषयमा आम मानिसका बीच बहशको विषय भन्दै उनले माननीयको लागो लगाउने नैतिकता गुमाएको चर्चा चल्ल थालेको छ ।

    समाजवादी पार्टीको समानुपातिक सांसद गिरीले पार्टीको शनिबार संसदमा आफ्नो प्रस्ताव सभामुख अग्नी प्रसाद सापकोटाले खारेज गरेपछि रिसाएर निस्किएकी थिइृन् भने उनी आवद्ध पार्टी निशान छापमा नयाँ नक्सा राख्ने विषयमा सरकारको पक्षमा मतदान गर्ने जनाएको थियो ।

    images

    नेपालले जारी गरेको नयाँ नक्साको भुभाग नेपालको नभएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि विवादामा तानिएकी गिरीमाथी संसदले पारित गरेको नयाँ नक्सा अंकित साँसदले लगाउने लोगो लगाउने वा नैतिकताका आधारमा राजिनामा दिने भन्ने सामाजिक संजालमा समेत बहश चकिएको छ । संविधान संशोधन पश्चात नेपालको नक्साको विषयमा बोल्नु संविधान विपरित हुनेछ भने आफुले गरेको प्रस्ताव सदनमा नै अस्वीकृत भएपछि गिरीले र उनको पार्टीले गर्ने निर्णयले महत्व राख्नेछ ।

    लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा जारी गरेको सरकारले सरकारको निशान छापमा समेत नयाँ नक्सासहितको छाप बनाउने र त्यसका लागि सम्बिधान संशोधन गर्ने निर्णय गरेपछि शनिबार हुने मतदानमा सबै पार्टीले पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । नेपालको नयाँ नक्सा निशान छापमा समेट्न सरकारले गरेको संविधान संशोधन विधेयकमाथी गिरीले गरेको दर्ता खारेज भएपछि उनी सदनबाट बाहिरिँदै महिलामाथीको अपमान भएको र यो विषयले कि त आफुले आत्महत्या गर्ने वा लडाईंमा जाने भन्दै आक्रोश पोखेकी थिईन् ।

     

    बुधवार, श्रावण २१ २०७७०३:२४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend