Logo

शनिवार, कार्तिक १ गते २०८३

images

एमालेले टुंग्यायो ५ महानगरको उम्मेदवार, काठमाडौंमा केशव स्थापित

एमालेले टुंग्यायो ५ महानगरको उम्मेदवार, काठमाडौंमा केशव स्थापित

  • PNN Times
  • शनिवार, बैशाख १० २०७९


  • १० वैशाख, काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    शनिबार बसेको एमाले सचिवालय बैठकले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौं महानगरको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

    images

    एमालेको महानगर कमिटीले वर्तमान मेयर विद्यासुन्दर शाक्य, पूर्व मेयर स्थापित, नगर अध्यक्ष निर्मल देउजा र इन्दिरा पन्तको नाम सिफारिस गरेको थियो भने प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री रामवीर मानन्धरको पनि लबिङ थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सिफारिस भएकाभन्दा फरक व्यक्तिलाई अघि सार्न सक्ने समेत बताएका थिए । तर स्थापितले नै टिकट पाएका छन् ।

    उपमेयरको टिकट पाएकी डंगोलले भने मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । मिस नेवाः समेत रहेकी उनले चुनावी घोषणापत्र समेत सार्वजनिक गरेको अवस्थामा एमालेबाट उपमेयरको टिकट पाएकी हुन् ।

     

    शनिवार, बैशाख १० २०७९११:२४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend