Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा एमालेको चुनावी अभियान, जीत नजिक पुगेको दावी

वालिङमा एमालेको चुनावी अभियान, जीत नजिक पुगेको दावी

  • गोपाल जिटी
  • बिहिवार, बैशाख २२ २०७९


  • वालिङमा एमालेको चुनावी अभियान, जीत नजिक पुगेको दावी

    यही वैशाख ३० गतेहुने स्थानीय पालिका निर्वाचनका लागि नेकपा एमाले वालिङले चुनावी प्रचारलाई टोल टोल र घर घरमा पु¥याएको छ । नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी वालिङको आयोजनामा एमालेका तर्फबाट वालिङ  नगरपालिकाका लागि प्रमुख, उपप्रमुख, वडा अध्यक्ष एवम् सदस्य पदका उम्मेदवारहरु सहितको टोली वडाका टोल टोल र मतदाताको घर घरमा पुगेका हुन् ।

    विहिबारसम्म पालिकाका २, ३, ४, ५, ६, ७, ९, १२, १३ र १४ नम्बर वडामा घरदैलो एवम् चुनावी प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको  एमाले वालिङ नगर कमिटिका अध्यक्ष तथा निर्वाचन परिचालन कमिटीका  संयोजक शोभाकान्त पौडेलले जानकारी गराउनुभयो । यसैगरी शुक्रबार वडा नम्वर ८ मा प्रचार अभियान रहेको छ भने बाँकि रहेका वडाहरुमा क्रमिकरुपमा चुनावी अभियानलाई अगाडि बढाइने नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी वालिङले जनाएको छ ।

    चुनावी अभियानका बेला नगरवासीहरुमा देखिएको उत्साहजनक उपस्थिति र हार्दिकताले वैशाख ३० को स्थानीय निर्वाचनले वालिङमा नेकपा (एमाले) को स्थानीय सरकार बन्ने  निश्चित भएको निर्वाचन परिचालन कमिटीका  संयोजक पौडेलले उल्लेख गर्नुभयो ।

    विद्यार्थी जीवनदेखि नै नागरिकहरुका बीच हरेक सुख दुःखमा सहयात्री बन्दै आउनु भएका र पार्टीका वफादार नेता कृष्ण खाँडलाई नगरप्रमुखको उम्मेदवारीकारुपमा अगाडि बढाइरहँदा जीत सुनिश्चित भएको एमाले निर्वाचन परिचालन कमिटीका  संयोजक पौडेलको दावी छ ।

    यसैगरी उप प्रमुखका उम्मेदवार थापा सहित पालिकाको १४ वटै वडाका नागरिकहरुका बीचमा लोकप्रिय नेताहरुलाई उम्मेदवारी बनाएकाले पनि जीत सुनिश्चित भएको एमाले वालिङको विश्वास छ । आँफू जनप्रतिनिधि नभएकाबेला पनि जनताका सुख दुःखमा सहभागी रहँदै आएका व्यक्तिहरुको उम्मेदवारी रहेकाले पनि नेकपा एमालेको जीत हुने पौडेलले व्यक्त गर्नुभयो ।

    एमालेले नगरपालिकाको वडा नम्वर १ मा गिरमान गुरुङ, २ मा स्थानेश्वर रेग्मी, ३ मा भीमबहादुर गुरुङ, ४ मा हरिप्रसाद खनाल, ५ मा गगनसिंह थापा, ६ मा श्यामकष्ण श्रेष्ठ र ७ मा पाण्डुकुमार थापालाई उम्मेदवार बनाएको छ । यसैगरी वडा नम्वर ८मा दामोदर तिवारी, ९मा अमृत श्रेष्ठ, १० मा कमल गैह«े, ११ मा जगनाथ पंगेनी, १२ मा विश्वजङ्ग गुरुङ, १३ मा नमलाल डुम्रे र १४ मा कृष्णप्रसाद डुम्रेको उम्मेदवारी रहेको छ ।

    बिहिवार, बैशाख २२ २०७९०७:२८:०३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend