२४ वैशाख, स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा विभिन्न पार्टीमा प्रवेश गर्ने क्रम बढेको छ । वडाका टोल र घर घरमा पुगी आ—आप्mनो पक्षमा मत माग्नेक्रमसँगै पार्टी प्रवेश कार्यक्रमले पनि तीव्रता पाएको छ ।
शनिबार स्याङ्जाको वालिङमा नेकपा एमाले जिल्ला कमिटी स्याङ्जाद्वारा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादीका वालिङ नगर अध्यक्ष रमेश अर्यालसहित दुइसय भन्दा धेरै एमालेमा समाहित भएका छन् ।
नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालको उपस्थितिमा वृहत पार्टी प्रवेश कार्यक्रम गरिएको हो ।
कार्यक्रममा वाईसिएल जिल्ला सचिव स्वीकार कोईराला, विवेकशिल साझाका जिल्ला संयोजक भीम कोईराला, नेकपा माओवादीका जिल्ला सचिवालय सदस्य राजु पौडेलसहित नेपाली काग्रेस, राप्रपालगायतका विभिन्न पार्टी परित्याग गरी २ सय भन्दा बढी एमालेमा समाहित भएका हुन् ।
पार्टी प्रवेशगरेसँगै नेकपा माओवादीका पूर्व वालिङ नगर अध्यक्ष हुनुभएका अर्यालले अबको नेतृत्व कम्युनिष्टले मात्रै अगाडि बढाउन सक्ने व्यक्त गर्नुभयो । अर्यालले अबको कम्युनिष्ट नेतृत्वलार्ई जनताको बहुदलीय जनबादले मात्रै अगाडि बढाउन सक्ने भन्दै एमालेमा समाहित भएको उद्घोष गर्नुभयो । अर्यालले विगतको १५ वर्षको राजनीति पनि गर्विलो रहेको बताउँदै अर्यालले आमा छोराको धार अहिले एक भएको भन्दै निकै भावुक समेत हुनुभयो ।