२४ वैशाख, नेकपा एमाले केन्द्रीय कमिटि सचिव तथा पूर्वभन्त्री पदमा अर्यालले यसपटकको स्थानीय पालिका निर्वाचनमा एमालेले देशभर उत्साहजनक जीत हाँसिल गर्ने बताउनु भएको छ । शनिबार स्याङ्जाको वालिङमा वृहत पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा समाहित हुनेहरुलाई स्वागत गर्नुहुँदै केन्द्रीय सचिव अर्यालले यसपटकको स्थानीय पालिका निर्वाचनमा एमालेले देशभर उत्साहजनकरुपमा जीत हाँसिल गर्ने बताउनु भएको हो ।
नेकपा एमालेले शासक होइन सेवककोरुपमा काम गर्ने भन्दै केन्द्रीय सचिव अर्यालले पालिकामा शासकको नभई जनताको सेवकको जीत सुनिश्चित हुने उल्लेख गर्नुभयो ।
एमालेप्रतिको जनलहरले स्याङ्जा जिल्लाका ११ वटै स्थानीय तहमा एमालेका उम्मेदवारहरुले विजय प्राप्त गर्ने उहाँको दावी छ । पार्टीप्रति स्वतःस्फूर्तरुपमा आएको जनलहरले एमालेका उम्मेदवारको जीत सुनिश्चित भएको ठहर गर्दै सचिव अर्यालले जेष्ठ दुई गतेपछि विजय ¥याली गरिने ठोकुवा गर्नुभयो ।
उहाँले वालिङमा यस अगाडिका निर्वाचनमा प्रमुख प्रतिपक्षीमा मात्रै रहँदै आएपनि अहिलेको जनलहरले कृष्ण खांँणको नेतृत्वमा स्थानीय सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो ।
यसअघिको स्थानीय सरकारले जनताका सामु भन्न सक्ने काम केहि नगरेकाले अनावश्यक भ्रम सिर्जना गर्न खोजेको उहाँको भनाई छ । एमालेको सरकार हुँदा केन्द्र र प्रदेश सरकारले वालिङमा धेरै योजनाहरु ल्याएको र ती योजनाहरु सम्पन्न समेत भईसकेको र जनताले प्रत्यक्ष महशुस गरेको भएपनि वालिङ नगरपालिकाका निवर्तमान मेयरले आफनो कामका बारेमा भन्न नसकेर अनावश्यक आरोपहरु जनताका माँझ फैलाउने कोशिस गरेको उहाँले व्यक्त गर्नुभयो ।
वालिङमा उद्योग ग्राम निर्माण, अस्पताल, पर्यटकीय स्थलहरु जाने सडक कालोपत्र गर्ने, खानेपानीका योजनाहरु, महिला उद्यमशीलताका लागि आवश्यक तालीमहरु जस्ता योजनाहरु आँपूm सरकारमा हुँदा ल्याएको भन्दै सचिव अर्यालले अरुका विरुद्ध अनावश्यक भ्रम सिर्जना गर्न खोज्नु आफनो कमीकमजोरी लुकाउने प्रयास भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादीका वालिङ नगर अध्यक्ष रमेश अर्यालसहित दुइसय भन्दा धेरै एमालेमा समाहित भएका छन् ।
वाईसिएल जिल्ला सचिव स्वीकार कोईराला, विवेकशिल साझाका जिल्ला संयोजक भीम कोईराला, नेकपा माओवादीका जिल्ला सचिवालय सदस्य राजु पौडेलसहित नेपाली काग्रेस, राप्रपालगायतका विभिन्न पार्टी परित्याग गरी २ सय भन्दा बढी एमालेमा समाहित भएका हुन् ।