Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा पुनः खिम थापा विजयी

कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा पुनः खिम थापा विजयी

  • मोहन सुनार
  • सोमवार, जेठ २ २०७९


  • कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा पुनः खिम थापा विजयी

    जेष्ठ २,वालिङ । स्याङ्जाको कालीगण्डकी  गाउँपालिकामा मतगणना सकिएको छ । 
    एमालेबाट गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार खिम बहादुर थापा विजयी भएका छन् । उनले नेपाली काँग्रेसका माया रानालाई १हजार ६ सय ४५  मतको भारी अन्तरले पराजित गरेका हुन् । थापाले ६ हजार ७ सय  मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी माया रानाले ५ हजार ५५ मत पाएकी हुन् । 
    त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै सावित्रा कोइराला  विजयी बनेकी छन्  । उनले गठबन्धनका बोम बहादुर लामिछानेलाई १३ सय ९३ मतको फराकिलो  मतान्तरले पछाडि पार्दै विजयी भएकी हुन् । 
    एमालेकी कोइरालाले ६ हजार २ सय २३ मत प्राप्त गरेकी गिइन भने उनकी निकटतम प्रतिद्वन्दी लामिछानेले ४ हजार ८ सय ३० मत प्राप्त गरेका छन् । 
    कालीगण्डकी गाउँपालिकामा एमालेले ३ वटा वडामा जीत हासिल गरेको छ । गाउँपालिकाको वडा नं. १,३ र ,६ गरी चारवटा वडाहरुमा एमालेबाट वडा अध्यक्षपदका उम्मेद्वारहरुले विजयी हासिल गरेका छन् भने वडा नं.२,४, ५र ७ मा  गठबन्धनले जीतेको छ  । 
    कालीगण्डकी गाउँपालिकामा १७ हजार ९ सय ३८ मतदातामध्ये १२ हजार २ सय ७१ मतदाताले मतदान गरेका थिए ।

    सोमवार, जेठ २ २०७९०७:५७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend