जेठ ६, पर्वत । पैयूँ गाउँपालिका जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरुले शुक्रबार एक कार्यक्रमकाबिच सपथ ग्रहण गरेका हुन् ।
पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जिल्ला न्यायाधीशबाट सपथ ग्रहण गरेपछि गाउँपालिकामा उपाध्यक्ष, वडा अध्यक्षहरु सहित सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् ।

कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष लगायत ३७ जना जनप्रतिनिधिले सपथ ग्रहण गरेका छन् ।
