जेठ ७, वालिङ । वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले नागरिकको भावना अनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले वालिङ नगरकमिटिले आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिलाइ बधाइ तथा शुभकामना आदनप्रदान कार्यक्रममा नगरप्रमुख खाँणले जनप्रतिनिधीहरु नागरिकको सेवक हुनुपर्ने बताउनुभएको हो । निर्वाचनको प्रक्रियामा दलगत रुपमा चुनावी माहोलमा होमिएपनी निर्वाचनपछी अब साझा दायित्वकासाथ जनमुखी काम गर्नुपर्ने उल्लेख गर्नुभयो । स्थानिय सरकारले सिमित श्रोत र साधनका बिच नागरिकका असिमित आवश्यकता परिपुर्ति गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै नगरप्रमुख खाँणले निर्वाचित जनप्रतिनिधिहरुले जनभावना अनुरुप काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा गन्डकी प्रदेशका सांसद मोहन रेग्मीले जनताका काम गर्ने सन्दर्भमा सूक्ष्म ढङ्गले नागरिकका अवश्यकता बुझ्न आग्रह गर्नुभयो । जनप्रतिनिधिमा निर्वाचित भैसकेपछी पारिवारिक र व्यक्तिगत जिवनभन्दा सामाजिक जीवन जिउन सक्षम हुनुपर्नेमा सांसद रेग्मीले जोड दिनुभयो । कार्यक्रममा गल्याङ नगरपालिका र वालिङ नगरपालिकका नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ ।