७ जेठ,वालिङ । नेकपा एमाले वालिङद्वारा स्थानीय निर्वाचन सोहार्दपूर्ण रुपमा सम्पन्न भएको भन्दै आधार प्रकट गरेको छ । यही बैशाख ३० गते नगरका सबै मतदान स्थलहरुमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भई जेष्ठ ५ गते सोहार्दपूर्ण रुपमा मतगणना समेत सम्पन्न भएको छ निर्वाचनबाट ईतिहासमै पहिलो पटक वालिङ नगरमा नगरप्रमुख तथा ८ जना वडा अध्यक्षहरु, वडा सदस्यहरु विजयी भई समग्र नगरको भविष्यका रेखाहरु अझ प्रष्ट र प्रगाढ बनाउने बाटोमा अग्रसर भएको भन्दै सम्पूर्णमा आभार व्यक्त गरिएको हो ।
नगर कमिटि अध्यक्ष शोभाकान्त पौडेल र सचिव यमकान्त खनालद्वारा हस्ताक्षरित आभारपत्रमा निर्वाचित उम्मेदवाहरुले प्रमापत्र ग्रहण गरी सपथ समेत लिईसकेको भन्दै निर्वाचनमा खटिने पार्टीका सुभेच्छुक, कार्यकर्ता, नेता एवं आम मतदानताहरुलाई पार्टीको तर्फबाट आभार व्यक्त गर्दछौँ विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचन अभियानमा सबै उम्मेदवार, उम्मेदवार प्रतिनिधि, निर्वाचनमा खटिने कर्मचारी, सुरक्षा संयन्त्रका कर्मचारी, मिडियाकर्मी, पर्यवेक्षकहरुलगाएत सम्पूर्णमा नेकपा एमाले निर्वाचन परिचालन कमिटि वालिङले आभार व्यक्त गरेको हो । निर्वाचन सम्पन्न भईसकेपछिको वर्तमान परिदृष्यमा अब नगरका हरेक काममा सम्बन्धित सबै पक्षसंँग समन्वय गदै सदासयताका साथ अघि बढने समेत आभार पत्रमा उल्लेख गरिएको छ ।