Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कालीगण्डकी गाउँपालिकाको कार्यपालिकामा एमालेको स्पष्ट बहुमत

कालीगण्डकी गाउँपालिकाको कार्यपालिकामा एमालेको स्पष्ट बहुमत

  • मोहन सुनार
  • बुधवार, जेठ ११ २०७९


  • कालीगण्डकी गाउँपालिकाको कार्यपालिकामा एमालेको स्पष्ट बहुमत

    जेस्ठ ११,बिर्घा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको कार्यपालिकामा नेकपा एमालेले बहुमतका साथ बिजयी हासिल गरेको छ । बुधबार सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा एमालेले ३१ सदस्यसहित बहुमत प्राप्त गरेको हो  ।

    नेकपा एमालेबाट खुल्ला महिलाबाट रुपमाया राना,दिपा सिंजाली,टिकिसरा भट्टराई र हुमादेवी सार्की कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन ।

    images

    यसैगरी अल्पसंख्यक तथा दलित कोटाबाट प्रेम माझी र लोक बहादुर सुनार बिजयी बनेका छन ।

    नेपाली काँग्रेसबाट शर्मिला बि.क.,जनमुक्ती पार्टिबाट बिष्णु झेडी तथा दलित कोटाबाट रेश्मिराज सुनार र सुनिता सार्कीले उम्मेद्वारी दिएका थिए ।स्थानिय तह सदस्य निर्वाचन २०७९ मा नेकपा एमालेबाट कालीगण्डकी गाउँपालिकामा २९ जना सदस्यहरु निर्वाचित भएका थिए ।नेपाली काँग्रेसबाट ७ जना र जनमुक्ति पार्टिबाट १ जना सदस्य निर्वाचित भएका थिए ।

    नेकपा एमालेबाट कार्यपालिका सदस्य पदका उम्मेद्वार रुपमाया राना,दिपा सिँजाली,टिकिसरा भट्टराई र हुमादेवी सार्कि र अल्पसंख्यक कोटाबाट कार्यपालिका सदस्य पदका उम्मेद्वार प्रेम माझीले समान २९ मत पाएका छन । दलित कोटाबाट कार्यपालिका सदस्य पदका उम्मेद्वार लोक बहादुर सुनारले भने ३० मत पाएका छन ।

    नेपाली काँग्रेसबाट कार्यपालिका सदस्य पदका उम्मेद्वारहरु शर्मिला बि.क.,जनमुक्ती पार्टिकी बिष्णु झेडी र दलित कोटाबाट उम्मेद्वार रहेकि सुनिता सार्कीले समान ८ मत पाएका छन ।

    नेपाली काँग्रेसबाट दलित कोटामा कार्यपालिका सदस्य पदका उम्मेद्वार रेश्मीराज सुनारले भने ७ मत पाएका हुन ।

    कुल १६ सदस्य रहने गाउँकार्यपालिकाको लागि ६ सदस्य चयनको लागि निर्वाचन भएको थियो ।

    बुधवार, जेठ ११ २०७९०२:४३:३७

    मोहन सुनार

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend