Logo

शनिवार, कार्तिक १ गते २०८३

images

काठमाडौंको मेयरमा बालेन शाह, उपमेयरमा सुनिता डंगोल विजयी

काठमाडौंको मेयरमा बालेन शाह, उपमेयरमा सुनिता डंगोल विजयी

  • PNN Times
  • बिहिवार, जेठ १२ २०७९


  • काठमाडौंको मेयरमा बालेन शाह, उपमेयरमा सुनिता डंगोल विजयी

    काठमाडौं महानगरपालिकाका नयाँ मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन्।

    निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएका हुन्।

    images

    लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७६७ मत ल्याएका छन्।  त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार ३४१ मत ल्याएकी छन्। एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन्।

    बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत धेरै ल्याएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३ हजार ६५० मत बढी पाएका छन्। 

    सिर्जना सिंहले केशव स्थापितभन्दा २२४ मत मात्र धेरै ल्याएकी छन्। आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत पाएका छन्। त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन्। उनले ६८ हजार ६१२ मत पाएकी छन्।

    उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८०६ मत पाए।

    बिहिवार, जेठ १२ २०७९१०:३३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend