Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँ गाउँ कार्यपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी

पैयूँ गाउँ कार्यपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी

  • PNN Times
  • मंगलवार, जेठ १७ २०७९


  • पैयूँ गाउँ कार्यपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी

    पर्वत १७ जेठ । पर्वतको पैयूँ गाउँपालिकाको गाउँ कार्यपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मंगरबार भएको गाउँ कार्यपालिकाको निर्वाचनमा  महिला, दलित वा अल्पसङ्सख्यक  गरि छ सदस्य पदमा नेकपा एमालेको प्यानलनै विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । 

    निर्वाचित महिला सदस्यमध्ये शर्मिला नेपाली, चन्द्रकला न्यौंपाने, उमादेवी बि.क. र मिठु क्षेत्री विजयी भएका हुन भने दलित वा अल्पसंख्यक मध्ये फुलमाया बि.क र  वविता हिताङ् विजयी भएका छन । निर्वाचित हुने नेकपा एमालेका सबै उम्मेदवारहरुले २६ र गठबन्धनका उम्मेदवारहरु मध्ये ४ जनाले ११  र गठबन्धन तर्फकै माओवादीका उम्मेदवारले १० मत प्राप्त गरेका छन । 

    images

    पैयूँ गाउँपालिाको गाउँ कार्यपालिकामा रहने १५ जना सदस्य मध्ये बहुमत रहेको नेकपा एमालेबाट उपाध्यक्ष सहित १२ जना सदस्य र गाउँपालिका अध्यक्ष सहित नेपाली कांग्रेसका ३ जना सदस्य रहेका छन । 

    पैयूँ गाउँपालिकामा रहेको ७ वटा वडा मध्ये वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा नेकपा एमालले उपाध्यक्ष सहित वडा नम्बर २,३,४,५ र ६ गरी ५ वटा वडा बहुमतका साथ जितेको छ भने नेपाली कांग्रेसले अध्यक्ष सहित वडा नम्बर १ र ७ जितेको छ । 

    मंगलवार, जेठ १७ २०७९०९:४८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend