Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पल्पाली समाज युएईको अध्यक्षमा ओमकुमारी खाँण 

पल्पाली समाज युएईको अध्यक्षमा ओमकुमारी खाँण 

  • मोहन सुनार
  • सोमवार, आषाढ १३ २०७९


  • पल्पाली समाज युएईको अध्यक्षमा ओमकुमारी खाँण 

    असार १३, प्रवास । पल्पाली समाज युएईको अध्यक्षमा ओमकुमारी खाँण चयन हुनुभएको छ । पाल्पा जिल्लामा स्थाई बसोबास भई हाल युएईलाई कर्म थलो बनाएर कार्यरत रहनु भयका पाल्पालीवासीहरुको साझा घर पाल्पाली समाज युएईको अधिवेशनले ओमकुमारी खाँणलाई अध्यक्षमा चयन गरेको हो । खाँणको अध्यक्षमा २५ सदस्यीय समिटि चयन भएको छ । 

    समाजको वरिष्ठ उपाध्यक्षमा कैलाश अर्याल, प्रथम उपाध्यक्षमा गुम बहादुर राम्जाली,उपाध्यक्ष बिष्णु प्रसार बश्याल,अमित बिस्वकर्मा,कृष्ण प्रसार तिमिल्सिना र महिला उपाध्यक्षमा सीता बश्याल रहनु भएको छ ।

    images

    समाजको महासचिवमा खुम प्रसाद न्यौपाने,सचीव तिलक राम बश्याल,सह–सचीव राजुु बश्याल, कोषाध्यक्ष डिल्लीराज भट्टराई, सह–कोषाध्यक्ष टंक परिवार चयन हुनु भएको छ । त्यसै गरी समाजको सदस्यहरुमा राजेश अधिकारी,पदम प्रसाद गैरे, शेष नारायण बन्जाडे,मन बहादुर नेपाली,शंकर प्रसार गैरे,नारायण पराजुली,राम चन्द ढकाल, माया बश्याल सापकोटा,कालिदास बश्याल,जीवन बश्याल,एक देव बश्याल,सोमनाथ सापकोटा र राजेश गैरे हुनुहुन्छ । अधिवेशनले समाजको प्रवक्तामा दिनानाथ गैरेलाई चयन गरेको छ । 

    palpa.jpg

    युएईलाई कर्मथले बनाई काम गर्दै आउनु भएकाका पाल्पालीवासीहरुको सुख र दुःख बिसाउने साझा घर रहेको पाल्पाली समाज युएईले सबैको हितको लागि काम गरिरहेको भन्दै नव निर्वाचिन अध्यक्ष खाँणले आगामी दिनमा पनि सबैलाई सहयोग गर्ने बताउनु भयो । उहाँले युएमा रहेका सबै संघ-संस्थाहरुसंग मिलेर हातेमालो गरी अगाडी बढ्ने बताउनु भयो ।

    kk.jpg

    सोमवार, आषाढ १३ २०७९०६:५८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend