Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नागरिकता बाहेकका विषय संसदको कार्यसूचीबाट हटे

नागरिकता बाहेकका विषय संसदको कार्यसूचीबाट हटे

  • सन्दिप लुइटेल
  • शुक्रवार, श्रावण ६ २०७९


  • नागरिकता बाहेकका विषय संसदको कार्यसूचीबाट हटे

    ६ साउन, नागरिकता विधेयक बाहेकका विषय संसदको कार्यसूचीबाट हटाइएको छ ।

    आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदको सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।

    images
    संसद बैठक केहीबेर अघिबाट सुरु भएको छ ।  सरकारले नागरिकता विधेयक संसद बैठकबाट फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरेको छ ।

    यसअघि सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विशेष सेवा विधेयक दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, गृहमन्त्री खाँणले कारागार विधेयक २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने लगायतका विषय पनि थिए ।

    शुक्रवार, श्रावण ६ २०७९०१:५०:३४

    सन्दिप लुइटेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend