Logo

शनिवार, कार्तिक १ गते २०८३

images

एमाले सचिव अर्यालको आरोप-ज्यादतीका साथ चुनाव गराइँदैछ

एमाले सचिव अर्यालको आरोप-ज्यादतीका साथ चुनाव गराइँदैछ

  • PNN Times
  • आइतवार, श्रावण २२ २०७९


  • एमाले सचिव अर्यालको आरोप-ज्यादतीका साथ चुनाव गराइँदैछ

    साउन २२ , पोखरा । नेकपा एमालेकी सचिव पद्मा अर्यालले विगतको भन्दा धेरै ज्यादतीका साथ सरकारले चुनाव गराउन लागेको आरोप लगाएकी छन् ।

    आगामी चुनावलाई लक्षित गरी गठबन्धन पार्टीका जिल्ला सभापतिले गरेको सिफारिसको आधारमा गृहमन्त्रीको अगाडि कसम खुवाएर प्रमुख जिल्ला अधिकारीहरुलाई खटनपटन गराउन काममा सरकार लागेको आरोप उनले लगाइन् । 

    images

    आज पोखरामा आयोजित पत्रकार भेटघाटमा अर्यालले भनिन्, ‘गठबन्धनका जिल्ला सभापति, खासगरी नेपाली कांग्रेसका जिल्ला सभापतिले सिफारिस गरेर, गृहमन्त्रीको अगाडि उभ्याएर, कसम खुवाएर सीडीओ खटाउने तयारी छ । यस्तो हिसाबले चुनाव गराइँदै छ । चुनाव कस्तो होला हामीले अनुमान गरेकै छौं ।’ जस्तो भए पनि एमालेले चुनावको सामना गर्ने र मुलुकको पहिलो शक्ति बन्ने दाबी उनले गरिन् ।

    विगतमा भोट लुट्न सहज हुने गरी मतदान केन्द्र बनाइएको आरोप लगाउँदै उनले आगामी चुनावमा पनि त्योभन्दा भयंकर ज्यादती हुने आशंका गरिन् ।

    माले सचिव अर्यालले भनिन्, ‘आउने चुनाव पनि लुट्ने खालको हिसाबले यो गठबन्धन गइरहेको छ । लुट्नु भनेको डकैती हो । निर्वाचनमा डकैती गर्नु भनेको लोकतन्त्रको चीरहरण हो । लोकतन्त्रको चीरहरण गर्ने काममा यो सरकार लालायित भएको छ, आउने चुनावको मिति पनि त्यही योजना बनाएर, जसरी स्थानीय चुनाव गरियो, त्योभन्दा अझ भयंकर ज्यादतीका साथ चुनाव गराउने तयारीका साथ सरकार लागिपरेको छ ।’ 

    आइतवार, श्रावण २२ २०७९०२:२६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend