श्रावण २५,वालिङ ।प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले भ्रष्टाचार र महङ्गी व्यापक बढेको भन्दै सडक आन्दोलन शुरु गरेको छ । गण्डकी प्रदेशका सबै स्थानीयतहका मुख्य बजारमा पालिका कमिटीको आयोजनामा बिरोधसभा सुरु गरेको हो । गठबन्धन सरकारले देश र प्रदेशमा भष्ट्राचार र महङ्गी बढाएको आरोप लगाउदै प्रतिपक्षीदल नेकपा एमालेले सडक आन्दोलनबाट बिरोध शुभारम्भ गरेको जनाएको छ । नेकपा एमालेको गण्डकी प्रदेश कमिटीको निर्देशन अनुसार नेकपा एमाले स्याङ्जाले पनि जिल्लाका ११ ओटै पालिकाका मुख्य बजारमा बिरोधका कार्यक्रम सम्पन्न गरेको छ ।गण्डकी प्रदेश सरकारले जनताको भावना विपरीत मालपोत र सवारीकरमा लगाईको बृद्धिले प्रदेशका नागरिक मारमा परेको भन्दै सडक आन्दोलन गर्नुपरेको एमाले जिल्ला कमिटी सचिव राजेन्द्र डुम्रेले बताउनुभयो । अति बढ्यो महङ्गी र भष्ट्रचार, जनतामारा गठबन्धन यो सरकार’ भन्ने नारा सहित हातहातमा सरकारले गरेका विभिन्न निर्णयहरु फिर्ता गर भन्ने प्लेकार्ड बोकेर कार्यकर्ताहरु बिरोध कार्यक्रममा सहभागी भएका थिए ।
यो सांकेतिक बिरोधसभा मात्रै हो वालिङको विरोधसभामा सम्वोधन गर्दै एमाले सचिव डुम्रेले भन्नुभयो,‘मुलुकको राजनीतिलाई भागबण्डाको आधारमा संचालन गर्न पाइदैन ।’ नेतामुखी राजनीति होइन, जनमुखी राजनीति आजको आवश्यकता हो उहांले भन्नुभयो । जनताले लडेर ल्याएको गणतन्त्रलाई सिध्याउने खेलमा गठबन्धन सरकार लागेको भन्दै यसको भण्डाफोर गर्नु जरुरी रहेको उहांको भनाई थियो ।
नेकपा एमालेले भष्ट्रचार र महङ्गी बिरुद्ध पालिका, प्रदेश, क्षेत्र हुदै जिल्लास्तरीय कार्यक्रम गर्ने जनाएको छ ।