Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बालेन साहलाई असफल बनाउनु हुँदैन : थापा

बालेन साहलाई असफल बनाउनु हुँदैन : थापा

  • PNN Times
  • मंगलवार, श्रावण ३१ २०७९


  • ३१ साउन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले फोहोरमा राजनीति गर्ने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् ।

    बालेन ‘केही गरौं’ भन्ने सोच भएको व्यक्ति भन्दै थापाले उनलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । थापाले आज ट्वीटरमार्फत् उक्त धारणा राखेका हुन् ।
    बालेनले एक वर्षभित्र फोहोरको दीर्घकालीन समाधान खोज्नुपर्ने पनि थापाले बताएका छन् । मेयर साहलाई मेन्सन गर्दै थापाले लेखेका छन्, ‘काठमाडौंका मेयर केही गरौं भन्ने सोच भएका व्यक्ति हुनुहुन्छ । फोहोरमैला व्यवस्थापन उहाँको ठूलो चुनौति हो । त्यसबारे उहाँले एक वर्ष भित्र दीर्घकालिन समाधान खोज्नुपर्छ । त्यतिन्जेल विगतमा झै सबैले हरसम्भव सहयोग गर्नुपर्छ । फोहरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन ।’ 

    images

    मंगलवार, श्रावण ३१ २०७९१०:२८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend