भदौ ४,काठमाडौं। नेपाली काँग्रेस चापाकोटका पूर्वउपसभापति ज्ञानेश्वर बास्ताकोटीसहित दजनौँ काँग्रेस कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस चापाकोटका पूर्व उपसभापति बास्ताकोटी शनिबार एमालेमा प्रवेश गर्नुभएको हो ।
उहाँलाई काठमाडौंमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको हो । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा बास्ताकोटी चापाकोट नगरसभापतिको आंकाक्षी हुनुहुन्थ्यो ।
स्थानीय निर्वाचन २०७९ मा वडा नं ६ को वडा अध्यक्षको टिकट नपाएपछि स्वतन्त्र वडा अध्यक्ष उठ्नुभएको उहाँ झिनो मतान्तरले पराजित हुनुभएको थियो ।
उहाँसँगै नेपाली काँग्रेस चापाकोट ६ का वडा सभापतिसहित दुई दर्जनभन्दा बढी काँग्रेस कार्यकर्ता एमालेमा प्रवेश गरेको नेकपा एमाले चापाकोट नगर कमिटीका सचिव राजु भट्टराईले जानकारी दिनुभयो ।
बास्तकोटीसहित दजैनौँ काँग्रेस कार्यकर्ता एमाले प्रवेश गरेसँगै चापाकोट नगरपालिकाका स्थानीय काँग्रेस नेताहरुले पार्टी प्रति असन्तुष्टि नभई पार्टी चलाउने प्रति असन्तुष्टि भएर गएको प्रतिक्रिया दिएका छन् ।