Logo

शनिवार, कार्तिक १ गते २०८३

images

संसदमा आफ्नो प्रस्ताव खारेज भएपछि सरिता गिरिको लडाईं र आत्महत्याको धम्की

संसदमा आफ्नो प्रस्ताव खारेज भएपछि सरिता गिरिको लडाईं र आत्महत्याको धम्की

  • PNN Times
  • बुधवार, श्रावण २१ २०७७


  • संसदमा आफ्नो प्रस्ताव खारेज भएपछि सरिता गिरिको लडाईं र आत्महत्याको धम्की

    शनिबार संसदमा आफ्नो प्रस्ताव सभामुख अग्नी प्रसाद सापकोटाले खारेज गरेपछि रिसाएर निस्किएकी समाजवादी पार्टीको समानुपातिक सांसद सरिता गिरीले राष्ट्रियताको नाराको नाममा महिलामाथी विदेभ गरेको आरोप लगाएकी छिन् ।

    लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा जारी गरेको सरकारले सरकारको निशान छापमा समेत नयाँ नक्सासहितको छाप बनाउने र त्यसका लागि सम्बिधान संशोधन गर्ने निर्णय गरेपछि शनिबार हुने मतदानमा सबै पार्टीले पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । नेपालको नयाँ नक्सा निशान छापमा समेट्न सरकारले गरेको संविधान संशोधन विधेयकमाथी गिरीले गरेको दर्ता खारेज भएपछि उनी सदनबाट बाहिरिँदै यो महिलामाथीको अपमान भएको भन्दै आक्रोश पोखेकी हुन् ।

    images

    सदनबाट निस्कँदै गर्दा लकडाउन अवधिको नियम समेत उल्लंघन गर्दै बाईकमा पछाडी बसेर निस्किएकी उनले यो महिलामाथीको दमन भएको र बंगलादेश महिलाहरुले नै आन्दोलन गरेर प्राप्त भएको भन्दै आफ्नो आक्रो पोखेकी हुन् । उनले भनिन्, ‘यहाँ मैले कि त जंगमा जानुपर्ने भयो कि त आत्महत्यामा जानुपर्ने भयो ।’ उनले आफुलाई तल्लो स्तरको गाली गरेको भन्दै चित्त दुःखेको सुनाईन् ।

     

    बुधवार, श्रावण २१ २०७७०३:२५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend