Logo

शनिवार, कार्तिक १ गते २०८३

images

तीज पर्व महिला आन्दोलनको परिपूरक हो –पूर्व मन्त्री अर्याल

तीज पर्व महिला आन्दोलनको परिपूरक हो –पूर्व मन्त्री अर्याल

  • मोहन सुनार
  • बुधवार, भाद्र ८ २०७९


  • तीज पर्व महिला आन्दोलनको परिपूरक हो –पूर्व मन्त्री अर्याल

    भदौ ७, स्याङ्जा । प्रतिनिधि सभा सांसद तथा पूर्व मन्त्री पद्मा अर्यालले तीज पर्व र महिला आन्दोलनको बीचमा परिपूरणको सम्बन्ध रहेको बताउनुभएको छ । अखिल नेपाल महिला संघ,वालिङ नगर कमिटिले आयोजना गरेको तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री अर्यालले महिला आन्दोलनको लागि तीज पर्वले अहम भूमिका निभाएकोले तीजको विशेष महत्व रहेको उल्लेख गर्नुभयो ।

    पूर्व मन्त्री अर्यालले तीज पर्वमा प्राचिन समयदेखि नै महिला दिदीबहिनीहरुले परिवर्तनको लागि आवाज उठाउँदै आएको हुँदा यस पर्वलाई परिवर्तनको संवाहकको रुपमा मनाउन आग्रह गर्नुभयो ।

    images

    उहाँले समाज परिवर्तनको लागि महिला जागरणको आवश्यकता रहेको उल्लेख गर्दै तीज पर्व मनाउँदा भड्किलो र महङ्गो रुपमा नमनाउन अनुरोध गर्नुभयो । पछिल्लो समयमा तीजलाई देखासिकी गरेर मनाउने प्रचलन बढेकोप्रति दुख व्यक्त गर्दै पुर्वमन्त्री अर्यालले आफ्नो क्षमतानुसार मनाउन अनुरोध गर्नुभयो ।

    बुधबार वालिङमा आयोजना गरिएको कार्यक्रममा गण्डकी प्रदेश सांसद मोहन रेग्मीले तीज पर्वलाई जागरणको पर्वको रुपमा मनाउन आगह गर्नुभयो । उहाँले महिलाहरुले घर व्यवहार मात्र सम्हाल्ने परम्पराभन्दा माथि उठेर सामाजिक कुरीति तथा विसङ्गती विरुद्ध आवाज बुलन्द पार्न अग्रपंक्तिमा आउन आवश्यक रहेको औँल्याउनुभयो । 

    बुधवार, भाद्र ८ २०७९०७:४३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend