Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्वतमा माओवादी केन्द्रबाट संघमा जय नारायण तिवारी र प्रदेश सभा 'ख'मा उमाकान्त भुर्तेलको उम्मेदवारी 

पर्वतमा माओवादी केन्द्रबाट संघमा जय नारायण तिवारी र प्रदेश सभा 'ख'मा उमाकान्त भुर्तेलको उम्मेदवारी 

  • PNN Times
  • शुक्रवार, भाद्र १७ २०७९


  • पर्वतमा माओवादी केन्द्रबाट संघमा जय नारायण तिवारी र प्रदेश सभा 'ख'मा उमाकान्त भुर्तेलको उम्मेदवारी 

    भदौ १७, मंसिर ४ मा हुने संघ र प्रदेश सभा निर्वाचनको लागि यति बेला माओवादी केन्द्रले नामावाली संकलन गरिहेको छ ।
    निर्वाचनको लागि माओवादी केन्द्रको तर्फबाट पर्वतले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उमेदवारको नामावली सिफारिस गरेको छ ।

    माओवादीको जिल्ला समन्वय समितिको वैठकले आगामी निर्वाचनका लागि प्रदेश सभा र प्रतिनिधि सभाका लागि उमेदवारहरुको नामावली सिफारिस गरेको कुश्मा नगर कमिटि अध्यक्ष शंकर गिरीले जानकारी दिए ।

    images

    माओवादीको जिल्ला वैठकले प्रतिनिधि सभामा गुप्त हमाल, नेत्रनाथ अधिकारी, गुणाखर बस्याल, जयनारायण तिवारी र गंगा तिमिल्सीनाको नाम सिफारिस गरेको छ ।

    यसैगरी प्रदेश सभा क तर्फ सुदीप कुँवर, लोकराज आचार्य, लिला दवाडी, मिनारज केसी, विजय सापकोटाको नाम सिफारिस गरेको छ ।  प्रदेश सभा ख तर्फ सविन गुरुङ, उमाकान्त भुर्तेल, गगन थापा, रिसिराम भुषाल र प्रेम रानाको नाम सिफारिस गरेको छ । 

    शुक्रवार, भाद्र १७ २०७९११:१३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend