भाद्र १७,वालिङ ।राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले आगामी मंसिर ४ गतेको निर्वाचन रणसंग्राम हुने बताउनु भएको छ ।
शुक्रबार स्याङ्जाको वालिङमा आयोजित जिल्ला भेलामा सम्बोधन गर्दै सभापति लामिछानेले आश्वासन र झुटको खेति गर्नेलाई पन्छाएर नवीन सोंच भएका नेतालाई विजयी गराउन आग्रह गर्नुभएको हो ।

आँफू पत्रकारितामा रहँदा नागरिकहरु समस्यामा परेका कुरा धेरै सुन्नुपरेको र भ्रष्टाचार, अनियमितता र सुशासनको अनुभूति गर्न नपाएका प्रत्येक्ष देखेर राजनीतिमा आएको सभापति लामिछानेले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो—“यहाँ सिद्धान्तका कुराहरु धेरै गर्छन्, तपाईंको सिद्धान्त के हो, आदर्श के हो, दर्शन के हो भनेर धेरैले सोध्ने गर्छन् । म कुन सिद्धान्तको कुरा गरुँ, जहाँ अवला नारीको दिन दहाडै इज्जत लुटिएको छ, जहाँ एउटी बलात्कारी र हत्यारा पत्ता लगाउन समेत राजनीतिक दलका कुरा आउछन् यो दल र उ दलको भनिन्छ । त्यसकारण मसँग कुनै सिद्धान्त छैन, दर्शन छैन ।”

दशकौ लामो समयसम्म जनताको लागि झुट र आस्वाशन मात्र बाडेकाले अब पुराना भनिएका राजनीतिक दलका नेताहरु पाखा लगाउन आवश्यक रहेको सभापति लामिछानेले औँल्याउनु भयो । स्वास्थ्य,शिक्षा,रोजगार लगायतका विषयलाई प्राथमिकता दिन नसक्ने राजनीतिक दलका नेतालाई मतदान गरे फेरि युगौँसम्म पछुतो मान्नुको बिकल्प नरहेको सभापति लामिछानेले उल्लेख गर्नुभयो ।