Logo

शनिवार, कार्तिक १ गते २०८३

images

राष्ट्रपति र माधव नेपाललाई बालेनको प्रश्न : कुन मुख देखाएर भोट माग्न जानुहुन्छ ?

राष्ट्रपति र माधव नेपाललाई बालेनको प्रश्न : कुन मुख देखाएर भोट माग्न जानुहुन्छ ?

  • PNN Times
  • शनिवार, आश्विन १ २०७९


  • राष्ट्रपति र माधव नेपाललाई बालेनको प्रश्न : कुन मुख देखाएर भोट माग्न जानुहुन्छ ?

    १ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने पार्कको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि प्रश्न गरेका छन् ।

    काठमाडौंको तीनकुनेमा पार्क निर्माण गर्ने भनी खाली छोडिएको जग्गाको तस्वीर फेसबुकमा राख्दै उनले राष्ट्रपति र एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि प्रश्न गरेका हुन् । बालेनले कुनै बेला तीनकुने क्षेत्र राष्ट्रपति भण्डारी र माधवकुमार नेपालको चुनाव क्षेत्र रहेको भन्दै त्यहाँको समस्या ५० वर्षदेखि समाधान हुन नसकेको बताएका छन् ।

    images

    ‘आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नुभएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाईंकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु’ बालेनले लेखेका छन् ।

    शनिवार, आश्विन १ २०७९०७:३५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend