Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जा २ : अर्याल भर्सेज गुरुङ

स्याङ्जा २ : अर्याल भर्सेज गुरुङ

  • मोहन सुनार
  • आइतवार, आश्विन २३ २०७९


  • स्याङ्जा २ : अर्याल भर्सेज गुरुङ

    असोज २३,वालिङ ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको चुनावका लागि आइतबार देशभर उमेदवारी मनोनयन भएको छ । यसैबीच स्याङ्जा क्षेत्र नम्बर २ मा नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा कुमारी अर्याल र काँग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ ।स्याङ्जाको क्षेत्र नंम्वर २ को लागि अर्याल र गुरुङले मनोनयन गरेसँगै एमाले र कांग्रेसका केन्द्रीय नेताबीच प्रतिस्पर्धा हुने भएको हो । उनीहरु दुवैले वालिङ नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।
    उम्मेद्वारी दर्ता गर्दै नेकपा एमालेकी सचिव पद्मा अर्यालले देशमा विकास तथा निर्माणको कामलाई सार्थक तुल्याउन एमालेको जीत आवश्यक भएको बताउनुभएको छ । सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ सचिव अर्यालले शासन विधिको हुनुपर्ने उल्लेख गर्दै गठबन्धन सरकारले नेपाली नागरिकका आवश्यकतालाई अँगाल्न नसकेको आरोप लगाउनुभयो ।एमालेको सरकार हुँदा तथा आफु मन्त्री रहँदा अनाधिकृत रुपमा भारले मिचेको नेपालको भुभागलाई नक्सामा समेटेको उल्लेख गर्दै गठबन्धनको सरकारले चुच्चे नक्सालाई बुच्चो पार्र्ने काम गरेको बताउनुभयो ।नेपाल्ी काँग्रेसका उपसभापति धनराज गुरुङले स्याङ्जाका नागरिकको आकाङ्क्षलाई साकार पार्न आफुले उम्मेद्वारी दर्ता गराएको प्रतिक्रिया दिनुभएको छ । देश भ्रष्टाचारमा लिप्त भएको अवस्थामा भ्रष्टाचारको विरुद्धमा आवाज बुलन्द पार्न तथा नागरिकका समस्या सिँहदरबारसम्म पु¥याउन आफुले उम्मेद्वारी दिएको बताउनुभएको छ । प्रदेश २ को क मा नेकपा एमालेका तर्फबाट निवर्तमान् प्रदेश सांसद मोहनप्रसाद रेग्मी र ख मा डाक्टर बुद्धीमान् श्रेष्ठले उमेद्वारी दर्ता गराएका छन् । यस्तै नेपाली काँग्रेसबाट क मा भोजराज अर्याल र ख मा महेश भट्टराईले मनोनयन दर्ता गरेकाछन् ।  यसैगरी २ को क मा गठबन्धन अन्तर्गत नेकपा समाजवादीलाई परेको भन्दै समाजवादीका जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले समेत मनोनयन दर्ता गर्नु भएको छ । 
    यस्तै स्याङ्जा क्षेत्र नम्वर १ मा एमालेका तर्फबाट पूर्व सांसद नारायण प्रसाद मरासिनी र नेपाली काँग्रेसका तर्फबाट जिल्ला सभापति राजु थापाको उमेदवारी दर्ता भएको छ ।क्षेत्र नम्वर १ को प्रदेश क मा काँग्रेसका तर्फबाट प्रदेशका पूर्व साँसद मेखलाल श्रेष्ठ र ख मा काँग्रेस जिल्लाका पूर्व कार्यबाहक सभापति कुमार रानाले मनोनयन दर्ता गरेकाछन् ।गठबन्धन अन्तर्गत प्रदेश क, माओवादी केन्द्रलाई परेको भन्दै अमृता थापाले समेत उमेद्वारी दर्ता गराउनु भएको छ ।एमालेबाट प्रदेश क मा सीता सुन्दास र ख मा सुधीर पौडेलको मनोनयन दर्ता भएको छ ।यस्तै २ नम्वर क्षेत्रमा स्वतन्त्र पार्टीको तर्फबाट टिकराज गुरुङले पनि मनोनयन दर्ता गर्नु भएको छ ।यसका साथै जिल्लामा क्रियाशील राजनीतिक दलहरुले स्याङ्जा र वालिङमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा आ–आफ्नो पार्टीकोतर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् ।

    आइतवार, आश्विन २३ २०७९०९:३६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend