असोज २३,वालिङ । प्रतिनिधि सभामा स्याङ्जा क्षेत्र नं २ मा उम्मेद्वारी दर्ता गराएका नेपाली काँग्रेसका उपसभापती धनराज गुरुङ बिरुद्ध वागी (स्वतन्त्र) उम्मेद्बारी दर्ता गराएका नवीन पाण्डेयले आफ्नै मुर्खताप्रतिको विजयमा सन्तोष लागेको उल्लेख गरेका छन ।
वि स २०४६ सालदेखि नेपाल विद्यार्थी संघको राजनितीसङ्गै काँग्रेसको राजनिती गरेका पान्डेयले आफ्नै दलका नेता तथा नेतृत्वको चरित्रप्रती असन्तुष्टि जनाउदै स्वतन्त्र उम्मेद्वारी दर्ता गरेको बताएका छन ।आइतबार निर्वाचन अधिकृतको कार्यालय वालिङमा उम्मेद्वारी दर्ता गर्दै पाण्डेयले नेपाली काँग्रेसले दुरगामी भिजन भएको व्यक्तिलाइ उम्मेद्वार छनोट नगरी शक्ति र सामथ्र्यको आडमा उम्मेद्वार सिफारिस गरेकोमा आक्रोश व्यक्त गरेका छन ।
उनले भने– “मैले सबै चिज बिर्सेर यति लामोसमय नेपाली काँग्रेसको राजनीति गरेँ,तर अहिले पुरानै प्रवृत्तिलाइ दोहोर्याउदै काँग्रेसले दम्भको भरमा उम्मेद्वार सिफारिस गरेकोप्रती मेरो आपत्ती छ । मेरो उम्मेद्वारी कसैका विरुद्दमा होइन,आफ्नै माटोको सेवा गर्न स्वतन्त्र भएर जनताको माझमा आएको छु । यहाँहरुको सहयोगको अपेक्षा गर्दछु ।“उम्मेद्वारी दर्ता गरिसकेपछी सामाजिक सन्जालमा उनले “ परिणाम जे आउला आनन्दको अनुभूति गरेको छु । आफ्नै मुर्खता प्रतिको विजयमा“ अभिव्यक्ती दिएका छन ।
पान्डे धार्मिक अभियान्ता हुन । स्याङ्जा तथा कालिगन्डकी बेसिमा कालीगण्डकी संरक्षण अभियानमा सक्रिय रहेका पाण्डे धर्मले सत्मार्ग देखाउने विश्वास राख्दछन ।
खेताला उमेद्वारका कारण कांग्रेस क्षेत्र न २ मा चरम विद्रोह, अलपत्र गठबन्धन
संघीय तथा प्रदेश निर्वाचन क्षेत्र नं २ स्याङ्जामा धनराज गुरुङ को उम्मेदवारीले खैलाबैला मच्चिएको छ। उनको उमेद्वारीले कतै बागी कतै पार्टी छोडेर अर्को पार्टी जाने त कतै पाहुना उमेद्वार भन्दै कार्यकर्तामा चरम असन्तुष्टि देखिएको छ । धनराजकै कारण गठबन्धन समेत अलपत्रमा पार्ने काम भएको छ काँग्रेस कार्यकर्ताको आरोप छ । गठबन्धनले स्याङजा २ (क) समाजवादीलाइ दिएको भए पनि त्यसलाई कांग्रेसले अस्वीकार गर्दै प्रदेशमा भोजराज अर्याललाई उठाएको छ । गठबन्धको बेवास्ता गर्दै केन्द्रीय तहबाट नेपाली काँग्रेसले एकलौटी टिकट ल्याएको भन्दै नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले आफ्नै दलबाट उम्मेद्वारी दर्ता गरेका छन् ।
त्यसरी नै स्याङ्जा कांग्रेसका संस्थापक २०७४ मा गल्व्याङ नगरपालिकाका मेयरको उमेद्वार तथा नेपाली काँग्रेसका पुराना नेता लालगोपाल अर्यालले राप्रपाबाट प्रतिनिधि सभाको लागि उमेदवारी दर्ता गरेका छन् । वि पी कांग्रेसबाट पनि संघमा उमेद्वारी दर्ता भएको छ भने चापाकोटबाट कांग्रेस परिवारका युवा सागर ढकालले पनि स्वतन्त्रमा उमेद्वारी दिएर निर्वाचनमा होमिएका छन् । कालीगण्डकी,गल्याङ र चापाकोट बाट कांग्रेसका नेताहरुको स्वतन्त्र उमेद्वारीले धनराज गुरुङको पाहुना यात्रा सहज नदेखिने अनुमान गरिएको छ ।