Logo

शनिवार, कार्तिक १ गते २०८३

images

भष्ट्राचार गरेको प्रमाण भए जेल हाल्न एमाले सचिव अर्यालको चुनौती 

भष्ट्राचार गरेको प्रमाण भए जेल हाल्न एमाले सचिव अर्यालको चुनौती 

  • मोहन सुनार
  • शनिवार, कार्तिक ५ २०७९


  • भष्ट्राचार गरेको प्रमाण भए जेल हाल्न एमाले सचिव अर्यालको चुनौती 
    कातिक ५, स्याङ्जा । नेकपा एमालेका केन्द्रीय सचिव पद्मा कुमारी अर्यालले आफुले भष्ट्राचार गरेको प्रमाण भेटाए जेल हाल्न चुनौति दिनु भएको छ । स्याङ्जा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहनु भएकी सचिव अर्यालले अहिले सामाजिक सञ्जालमा आफु बिरुद्ध विभिन्न भ्रामक टिप्पणी आइरेकोे भन्दै भष्ट्राचार गरेको प्रमाण भए जेल हाल्न चुनौति दिनु भएको हो ।
    चुनावी घरदैलो कार्यक्रममा नागरिकसँगको भेटघाटको क्रममा सरकार गठबन्धनले नै चलाएको उल्लेख गर्दै सचिव अर्यालले आफु मन्त्रालयमा हुँदा भ्रष्टाचार गरेको कुनै प्रमाण भेटाए आफुलाई तुरुन्तै कारबाही गर्न चुनौती दिनुभएको हो ।
    उहाँले भन्नुभयो–‘मैले भ्रष्टाचार गरेको भनेर सामाजिक सञ्जालमा आएका टिप्पणी यदि सत्य सावित गर्न सक्ने हिम्मत छ भने मलाई जेल हाल्न गठबन्धन सरकारलाई खुला चुनौती दिन्छु । प्रधानमन्त्री,गृहमन्त्री सबै गठबन्धनकै भएको बेला मलाई किन भ्रष्टाचारी प्रमाणित नगरेको ?’घरदैलो कार्यक्रममा रहेकी अर्यालले राज्यको सम्पूर्ण नियमनकारी निकाय गठबन्धन सरकारको नै हुँदा पनि किन उम्मेद्वारी रद्ध गर्ने हिम्मत नगरेको ? प्रश्न गर्नुभयो ।
    उहाँले नेपाली काँङ्ग्रेसका धनराज गुरुङलाई इङ्गित गर्दै आफुलाई भ्रष्टाचारी प्रमाणित गरी जेल हालेर विजयीको टिका लगाउन चुनौती दिनुभयो ।सचिव अर्यालले काममा प्रतिस्पर्धा गर्न नसकेर विपक्षीहरु अनर्गल प्रचारमा लागेको आरोप लगाउनुभयो ।
    आफु काममा प्रतिस्पर्धा गर्ने भएकालेले सामाजिक सञ्जालमा आउने तर्कविहिन टिप्पणीहरुले कुनै प्रभाव नपार्ने सचिव अर्यालले जिकीर गर्नुभयो ।वि.सं.२०७४ सालको आम निर्वाचनमा नेपाली काँङ्ग्रेसका उपसभापती तथा तत्कालीन शिक्षमन्त्री गोपालमान श्रेष्ठलाई भारी मतले पराजित गरेर सांसद बन्नुभएकी अर्याल नेकपा एमालेको सरकार रहेका बेला विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेर चर्चा बटुल्नुभएको थियो ।

    शनिवार, कार्तिक ५ २०७९१०:३०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend