Logo

शनिवार, कार्तिक १ गते २०८३

images

गल्याङ- ग्वादी- सेतिबेणी सडक कालोपत्रे गर्छौ- सचिव अर्याल

गल्याङ- ग्वादी- सेतिबेणी सडक कालोपत्रे गर्छौ- सचिव अर्याल

  • मोहन सुनार
  • आइतवार, कार्तिक ६ २०७९


  • गल्याङ- ग्वादी- सेतिबेणी सडक कालोपत्रे गर्छौ- सचिव अर्याल

    कातिक ६, स्याङ्जा । नेकपा एमालेका केन्द्रिय सचिब पद्मा अर्यालले गल्याङ देखि ग्वादी हुँदै  सेतिबेणी पुग्ने सडक कालोपत्रे  पूरा गर्ने बताउनुभएको छ । 
    चुनावी घरदैलो कार्यक्रममा स्याङ्जाको गल्याङ नगरपालिकाको वडा नं ४ मा सचिव अर्यालले महत्वको गल्याङ - सेतिबेणी सडकखन्डमा कालोपत्रे गर्ने बताउनुभएको हो ।
    नागरिकको समस्यालाइ आत्मसात गर्दै आवश्यकता र महत्वका आधारमा अब दिन गनेर बिकास र समृद्धिका काम गर्ने समय आएको उल्लेख गर्नुभएको हो ।
    सामुदायिक भवन, गोरेटो बाटो निर्माण मात्र पुर्ण  विकासका काम नभएकोले अबको समृद्धिको लागि ठोस काम तथा योजना बनाएर काम गर्ने उल्लेख गर्नुभयो ।
    कालिगन्डकी करिडोरसङ्ग गल्याङ सेतिबेणी सडकलाइ जोडेर कोरिडोरलाई स्याङ्जा भित्राउने तथा त्रिदेशिय सडकको रुपमा बिकास गर्ने योजना रहेको जानकारि दिनुभयो ।
    उहाँले राजनिती बिथोलिएपछी देश दुर्घटनामा जाने उल्लेख गर्नुभयो ।बैङ्क तथा बित्तिय संस्थाहरुले  कर्जा लगानी गर्ने वातावरण नभएको, महङ्गि बढेकोले नागरिकको अस्तित्व नै  खतरामा पुगेको  सचिव अर्यालले उल्लेख गर्नुभयो ।

    आइतवार, कार्तिक ६ २०७९१०:१०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend