मंसिर ४,वालिङ ।
स्याङ्जा क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्माकुमारी अर्यालले आफ्नै क्षेत्रबाट मतदान गर्नुभएको छ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री अर्यालले वालिङ नगरपालिका वडा नम्वर १४ स्थित थुमपोखरा स्वास्थ्य चौकीमा रहेको मतदान केन्द्र “ख” मा आज विहान ९ बजेको समयमा मतदान गर्नुभएको हो ।
मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै अर्यालले राष्ट्र, राष्ट्रियता र स्वाभिमानका पक्षमा काम गर्ने पार्टी र उम्मेदवारलाई मतदान गर्न आम नागरिकहरुलाई आग्रह गर्नुभयो ।
अर्यालले कसैको डर धम्की र प्रलोभनमा नपरी भोट दिन अनुरोध गर्दै तपाईंहरुको एक एक मतलाई सदुपयोग गर्नेलाई छान्नुपर्ने बताउनुभयो । सही पार्टी र उम्मेदवार छनोट गरेर भविष्य निर्माणका पक्षमा अभिमत प्रकट गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो— “सही समयमा सही निर्णय गर्न सकिएन भने भोलि पछुताउ पर्न सक्छ, त्यसैले मनलाई मतमा बदल्ने बेलामा एक पटक सोचेर मतदान गर्नुहोला ।“