मंसिर ४, वालिङ ।
स्याङ्जामा करिव ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ । जिल्लाका ३ सय २१ मतदान केन्द्रहरुमा भएको मतदानमा करिव ६५ प्रतिशत मत खसेको अनुमान गरिएको हो । जिल्लाका १ सय ९९ मतदान स्थल र ३ सय २१ मतदान केन्द्रमा मतदान भएको हो ।दुई निर्वाचन र ४ प्रदेश रहेको स्याङ्जामा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएको हो । जिल्लाका दुई स्थानमा होहल्लालाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियोे । चापाकोट नगरपालिक १ भानुचौघेरा मतदान केन्द्र र गल्याङ ७ को मनहरि खर्क स्थित महेन्द दर्शन आधारभूत विद्यालय मतदान केन्द्रमा हवाई फायर भएको थियो ।
चापाकोटमा मतदान प्रतिनिधिहरु बीच बिवाद हुदा स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपि राजिव बस्नेतले जानकारी दिनुभयो । यसैबीच गल्याङमा पनि युवाहरुले होहल्ला गरेपछि स्थितिलाई सामान्यीकरणका लागि हवाई फायर गरिएको उहाँले बताउनुभयो ।
दुई निर्वाचन र ४ प्रदेश रहेको स्याङ्जामा एमाले र गठबन्धनका उम्मेदवार, राष्टिय स्वतन्त्र पार्टी, राप्रपालगायतका पार्टीबाट गरी प्रतिनिधि सभामा दुई निर्वाचन क्षेत्रमा गरी २४ जना, प्रदेशतर्फ क्षेत्र नंं. १ को क मा ७, ख मा ५ जना र क्षेत्र नं. २ को क मा ७ जना र ख मा ६ जना गरी ४९ जना उम्मेदवार छन् ।