Logo

शनिवार, कार्तिक १ गते २०८३

images

राजनीति पेसा होइन सेवा हो, निरन्तर जनताको विचमा हुनेछु—पूर्व मन्त्री अर्याल

राजनीति पेसा होइन सेवा हो, निरन्तर जनताको विचमा हुनेछु—पूर्व मन्त्री अर्याल

  • गोपाल जिटी
  • आइतवार, मंसिर १८ २०७९


  • राजनीति पेसा होइन सेवा हो, निरन्तर जनताको विचमा हुनेछु—पूर्व मन्त्री अर्याल

    मंसिर १८, वालिङ ।नेकपा एमालेका सचिव पद्माकुमारी अर्यालले राजनीति पेसा होइन सेवा हो, निरन्तर जनताको विचमा हुने बताउनु भएको छ । पूर्व मन्त्री अर्यालले सामाजिक सञ्जाल फेसबुक मार्फत राजनीति पेसा होइन सेवा हो, निरन्तर जनताको बीचमा रहने बताउनु भएको हो ।
    अर्याल यही मंसिर ४ गते भएको प्रतिनिधीसभा निर्वाचनमा नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङसँग पराजित हुनु भएको हो । निर्वाचित हुनुभएका गुरुङलाई बधाई तथा कार्य सफलताको शुभकामना दिदै अर्यालले स्याङ्जाको विकास निर्माणमा सहकार्य गरी अगाडि बढ्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।
    पूर्व मन्त्री अर्यालले भन्नु भएको छ—“स्याङ्जा २ को प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा तपाईंको उपस्थिति हुँदैगर्दा तपाईंलाई हार्दिक बधाई छ । हामीले अगाडि बढाएका कैयौं योजनाहरु छन, तिनलाई पूर्णताः दिन मिलेर अगाडि बढौं, नयाँ थप योजनाहरु आवस्यक छन, त्यसका लागि हरदम साथ दिन तयार छु ।”
    निर्वाचनका बेला चापाकोटका ४ वटा बुथमा भएका विवादको सन्दर्भमा म र म आवद्ध पार्टी नेकपा (एमाले) को तर्फबाट एउटा प्रश्न गरिएको थियो । स्याङ्जा २ मा जनताले मतदान गर्ने सन्दर्भमा केही बुथ कब्जा भए, पुनः मतदान गरौं । उहाँले लेख्नुभएको छ ।
    साक्षीका रुपमा कैयौं प्रमाण थिए, भिडियो सार्वजनिक भएकै थियो , मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएको थियो । हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजित हुन तयार छौं , त्यसलाई हामी सहज रुपमा स्विकार गर्दछौं तर कब्जा गरी खसालिएको मतलाइ हामी स्वीकार गर्दैनौं । किनकी लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन । हाम्रो जायज माग तपाईंले सुन्नु भएन र राज्यबाट समेत पनि सुनुवाइ भएन । फेरिपनि तपाईंलाई पुनः बधाई छ ।
    आगामी दिनमा लोकतन्त्रको मूल्य मान्यता तपाईंबाट अपहरित नहोस् । युवाहरुको जोश जाँगरलाई उत्पादनशील एवम् सृजनशील कार्यमा लगाएर राष्ट्रको सेवक बनाउन सहयोग पुर्याउन सक्नुहोस, न की निर्वाचनमा आफ्नो स्वार्थ अनुकूल उनिहरुलाइ दुरुप्रयोग गरि प्रतिस्पर्धी माथि हमला गर्न लगाउँदै, आतंक सृजना गरी बुथ कब्जा गर्ने जस्तो दुश्कर्म गर्न नलगाउनुहोस ।
    मैले तपाईंलाई सालीन एवम् लोकतन्त्र माथि विश्वास गर्ने एउटा नेताको रुपमा बुझेको थिएँ । निर्वाचनका दिन चापाकोटको केही बुथमा भएका निर्मम दृश्यले तपाईं प्रतिको मेरो बुझाइ झुठो प्रमाणीत गरिदियो । स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नु भएन, दर्जनौं प्रमाणहरुले त्यही बताइरहेका छन् ।
    अब तपाईंसँग धेरै गुनासो गर्नु छैन भन्दै अर्यालले सबैकुरा भुलेर जनताको सेवा गर्न , स्याङ्जाको विकास निर्माणमा सहकार्य गरी अगाडि बढ्न प्रतिबद्ध छु । 

    आइतवार, मंसिर १८ २०७९०५:३१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend