Logo

शनिवार, कार्तिक १ गते २०८३

images

केन्द्रीय सरकारको कारण संविधान कार्यान्वयनमा ढिलाइ, जनताको अपेक्षा पुरा हुन सकेन– वालिङ नगर प्रमुख खाँण

केन्द्रीय सरकारको कारण संविधान कार्यान्वयनमा ढिलाइ, जनताको अपेक्षा पुरा हुन सकेन– वालिङ नगर प्रमुख खाँण

  • निर्भीक नारायण भुर्तेल
  • शनिवार, आश्विन ३ २०७७


  • केन्द्रीय सरकारको कारण संविधान कार्यान्वयनमा ढिलाइ, जनताको अपेक्षा पुरा हुन सकेन– वालिङ नगर प्रमुख खाँण

    असोज ३, वालिङ स्याङ्जा ।  वालिङ नगरपालिकाका नगरप्रमुख दिलीप प्रताप खाँणले केन्द्रीय सरकारको कारण संविधान कार्यान्वयनमा ढिलाई भएको बताउनु भएको छ ।  संविधान दिवशको अवसरमा पैयुँ पोष्ट संग कुरा गर्दै नगरप्रमुख खाँणले संविधान बनेपछि जनताले शान्ति र सुसासन सहितको समृद्धी चाहेका थिए तर केन्दीय सरकारले संविधान कार्यान्वयन गर्न ध्यान नै नदिदा जनताका अपेक्षा पुरा हुन नसकेको बताउनु भएको हो ।
     
    सिंहदरबार गाउँगाउँमा भन्ने नारा भएपनि त्यसलाई सफल बनाउन नसकेको भन्दै नगरप्रमुख खाँणले संविधान निर्माण गरेपनि कार्यान्वयन गर्ने पक्षमा केन्द्रीय सरकार नलागेको बताउनु भयो । सरकारले ऐन निर्माण गरेपनि कार्यान्वयन गर्न नियमावली र कार्यबिधि नबनाएको भन्दै उहाँले कार्यान्वयन गर्नतर्फ ध्यान दिएर काम गर्न केन्द्रीय सरकारलाई आग्रह गर्नु भयो । केन्द्रीय सरकारको दृढ इच्छाशक्ति नहुदा संविधान कार्यान्वयनमा ढिलाई भएको उहाँको भनाई छ । 
     
    ''संविधान निर्माण गरेपनि  कार्यान्वयन गर्ने पक्षमा केन्द्रीय सरकार लागेको छैन ।  कुनै पनि ऐन निर्माण गरेपछि कार्यान्वयन गर्न नियमावली र कार्यबिधि चाहिन्छ  तर सरकारको ध्यान त्यता तिर छैन । त्यसैले संविधान कार्यान्वय गर्न ध्यान दिएर लाग्न म केन्द्रीय सरकारलाई आग्रह गर्दछु । साथै संविधान दिवशको सबै नेपालीमा शुभकामना व्यक्त गर्दछु । '' 
    भिडियो
     
    साथै नगरप्रमुख खाँणले स्थानिय तहलाई दिइएका एकल र संयुक्त अधिकारहरु स्थानिय तहमा हस्तान्तण नभएको समेत गुनासो गर्नु भएको छ । संविधानमा स्थानिय तहलाई भनेर छुट्याईएको अधिकार केन्द्रीय सरकले हस्तान्तरण नगरेको  भन्दै छिटो हस्तान्तरण गर्न समेत आग्रह गर्नु भयो । 
    केही ऐनहरु  विकास निर्माणमा बाधा पुर्याउने खालका भएको कारण त्यस्ता ऐनहरुलाई संसोधन गर्नु पर्ने समेत खाँणले बताउनु भयो ।  


    शनिवार, आश्विन ३ २०७७०१:४५:१९

    निर्भीक नारायण भुर्तेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend