Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कांग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक

कांग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक

  • PNN Times
  • मंगलवार, पौष २६ २०७९


  • कांग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक

    २६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक कार्य सम्पादन समितिको बैठक पछि मात्रै बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा एक मत नभएपछि कांग्रेसले कार्य सम्पादन समितिमा पनि छलफल गर्न लागेको हो ।

    बिहान साढे ११ बजे कार्य सम्पादन समितिको बैठक बस्ने र त्यसको निर्णय अनुसार संसदीय दलको बैठकबाट विश्वासको मतबारे औपचारिक निर्णय लिने कांग्रेसका एक नेताले बताए । 

    images

    विश्वासको मतबारे आज बिहान कांग्रेस पदाधिकारीको बैठकमा पनि छलफल भएको छ । पदाधिकारी बैठक लम्बिएपछि संसदीय दलको बैठक पनि पछि धकेलिएको थियो । कांग्रेसको निर्णयलाई कुर्दै प्रतिनिधि सभाको बैठक पनि १ बजेसम्मलाई सारिएको छ । त्यसअघि प्रतिनिधि सभा बैठक ११ बजे बस्ने तय भएको थियो । 

    मंगलवार, पौष २६ २०७९१०:५२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend