Logo

शनिवार, कार्तिक १ गते २०८३

images

राजनीति भनेको देश बदल्ने नीति हो, त्यसैले राजनीति गर्नुपर्छ—सचिव अर्याल

राजनीति भनेको देश बदल्ने नीति हो, त्यसैले राजनीति गर्नुपर्छ—सचिव अर्याल

  • गोपाल जिटी
  • शुक्रवार, माघ १३ २०७९


  • राजनीति भनेको देश बदल्ने नीति हो, त्यसैले राजनीति गर्नुपर्छ—सचिव अर्याल

    माघ १३,भीरकोट । राजनीति भनेको देश बदल्ने नीति भएको पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सचिव पद्मा अर्यालले बताउनुभएको छ । शुक्रबार भीरकोटको बयँरघारीमा अखिल नेपाल विद्यार्थी युनियन स्याङ्जाको २४ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै सचिव अर्यालले राजनीति भनेको देश र जनताको जीवन बदल्ने नीति भएको बताउनुभएको हो । राजनीति तपाईं हाम्रो गाउँ ठाउँ बनाउने नीति भएको भन्दै पूर्व मन्त्रीसमेत रहनुभएकी अर्यालले विद्यार्थीहरुले राजनीतिमा अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।
    उहाँले भन्नुभयो—“कसैले भन्छन् विद्यार्थीहरुले राजनीति गर्नुहुँदैन त कसैले हुन्छ भन्छन्,  यस्तो भ्रममा नपर्नुहोला ।” आँफूपनि विद्यार्थी जीवनबाटै राजनीति गर्दै आएको उल्लेख गर्दै सचिव अर्यालले सबैले राजनीति गर्नुपर्ने बताउनुभयो । अधिकांश सफल नेताहरु विद्यार्थी जीवनबाट राजनीति गर्दै आएका उहाँको भनाई छ । पढ्दै राजनीति गर्दै र राजनीति गर्दै पढ्दै गर्न विद्यार्थीहरुलाई सचिव अर्यालको सुझाव छ ।
    उहाँले राष्ट्रिय राजनीतिमा हालै सम्पन्न निर्वाचनमा नेकपा एमाले सफल भएको बताउनुभयो । निर्वाचनका माध्यमबाट गठवन्धन तोडने भनेका थियौं, त्यो पूरा भयो र नयाँ समिकरणको सरकार बनायौं । निर्वाचनबाट सीटका हिसावले दोश्रो बनेपनि जनमतका हिसावले नेकपा एमाले पहिलो भएको छ , उहाँले भन्नुभयो ।माओवादीलाई जङ्गल पठाउने र सत्ता दरवारमा बुझाउने नेपाली काङ्ग्रेस हो । जनमतलाई लात मारेर परमादेशको भरमा सरकार बनाउने पनि काङ्ग्रेस नै हो । त्यसैले नेपाली काङ्ग्रेस लोकतन्त्रबादी हुन नसक्ने उहाँको दावी छ । सच्चा लोकतन्त्रवादी नेकपा एमाले भएको निर्वाचनको परिणामले देखाएको सचिव अर्यालको भनाई छ ।२४ औं अधिवेशनले कृष्ण जिसीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ जिल्ला कमिटि सर्वसम्मत चयन गरेको छ । 

    शुक्रवार, माघ १३ २०७९०८:४२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend