Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मिर्मी बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा मुना न्यौपाने निर्वाचित

मिर्मी बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा मुना न्यौपाने निर्वाचित

  • मोहन सुनार
  • बुधवार, चैत्र १ २०७९


  • मिर्मी बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा मुना न्यौपाने निर्वाचित

    स्याङ्जाको मिर्मीमा रहेको मिर्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी मुना न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको छ।  निर्वाचन तालिका अनुसार बुधबार भएको विद्यार्थीहरु संगठनहरुको सहमति अनुसार न्यौपाने निर्वाचित हुनु भएको हो ।

    यसै गरी उपाध्यक्षमा  शिक्षा पाण्डे, सचिवमा अभिषेक पाण्डे  निर्विरोध निर्वाचित भएका छन् र स्ववियु सदस्यहरुमा पनि अनेरास्ववियुबाट नै अनिता गौडेल, देवि भट्टराई, तारा पाण्डे, भिमा न्यौपाने, विना न्यौपाने निर्वाचित भएका छन् ।  अन्य सदस्यहरुमा मतिसरा पाण्डे, मनिषा भुसाल निर्वाचित भएका छन् ।  एकएक जनाको उम्मेदवारी दर्ता भएकाले सबै निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    images

    विद्यार्थी सङ्गठनले सहमति गरेर पद बाँडफाँट गर्दै उम्मेद्वारी दर्ता गराएकाले सबै पदाधिकारी निर्विरोध भएको नव निर्वाचित अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
    स्ववियु अध्यक्षमा निर्वाचित मुना न्यौपाने वीवीएस दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ ।

    बुधवार, चैत्र १ २०७९०८:००:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend