Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सरकारमा जाने नजाने उपचुनावपछि निर्णय गर्छौं : रवि लामिछाने

सरकारमा जाने नजाने उपचुनावपछि निर्णय गर्छौं : रवि लामिछाने

  • सन्दिप लुइटेल
  • शनिवार, चैत्र १८ २०७९


  • सरकारमा जाने नजाने उपचुनावपछि निर्णय गर्छौं : रवि लामिछाने

    १८ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागिताबारे उपचुनावपछि मात्र निर्णय गर्ने बताएका छन् ।

    १० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवार घोषणा कार्यक्रममा सभापति लामिछानेले आफूहरु व्यक्ति हेरेर नभई नीति हेरेर सरकारमा गएको बताए ।

    images

    प्रचण्ड सरकारले अघिल्लो पटक बनाएको न्यूनमत साझा कार्यक्रममा अधिकांश आफ्नो दलको वाचापत्रका एजेण्डाहरु समावेश भएको र त्यो कार्यान्वयनका लागि सरकारमा गएको बताए । अहिले पनि सरकारको नीति तथा कार्यक्रमलाई हेर्ने भन्दै उनले जुनसुकै समयमा भएको भ्रष्टाचारको छानबिन गर्ने भन्ने सुटुक्क हटेको बताए ।

    उनले अघि भने, ‘भ्रष्टाचारीलाई समाउँछौं नै भन्दैन भने त्यस्तो सरकारमा हामी जान सक्दैनौं ।’

    उपचुनाव सकिँदासम्म सरकारको न्यूनमत साझा कार्यक्रम कार्यक्रम आउने र चुनावपछि बसेर निर्णय लिने उनले बताए ।

    शनिवार, चैत्र १८ २०७९०५:४९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend