Logo

शनिवार, कार्तिक १ गते २०८३

images

चितवनमा रवि ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि

चितवनमा रवि ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि

  • PNN Times
  • मंगलवार, बैशाख १२ २०८०


  • चितवनमा रवि ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि

    १२ वैशाख, काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् ।

    ५६ हजार ५०७ मत गणना हुँदा रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ४५८ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् । 
    रवि लामिछाने जितनारायणभन्दा ३२ हजार ६११ मत अन्तरले र रामप्रसाद भन्दा ३२ हजार ८०२ मत अन्तरले अगाडि छन् ।
    गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछाने सांसद निर्वाचित भएका थिए । तर उनको नेपाली नागरिकता सम्बन्धी विवादका कारण सर्वोच्चले सांसद पद खारेज गरिदिएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको हो ।
    तनहुँ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्ले भारी मत अन्तरले विजयी भइसकेका छन् ।

    images

    मंगलवार, बैशाख १२ २०८००६:२५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend