Logo

शनिवार, कार्तिक १ गते २०८३

images

चितवन-२ मा रवि लामिछाने भारी मतान्तरले विजयी

चितवन-२ मा रवि लामिछाने भारी मतान्तरले विजयी

  • PNN Times
  • मंगलवार, बैशाख १२ २०८०


  • चितवन-२ मा रवि लामिछाने भारी मतान्तरले विजयी

    वैशाख १२ , काठमाडौं । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।

    लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाए  । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ । 

    images

    एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।

    उनले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत पाएका थिए । चितवन क्षेत्र नं. २ मा १० गते भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो । 

    मंगलवार, बैशाख १२ २०८००४:११:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend