Logo

शनिवार, कार्तिक १ गते २०८३

images

जीप पल्टिँदा वडाध्यक्षसहित ५ जनाको ज्यान गयो

जीप पल्टिँदा वडाध्यक्षसहित ५ जनाको ज्यान गयो

  • PNN Times
  • बुधवार, आश्विन २१ २०७७


  • असोज २१, जाजरकोट । जाजरकोट जुनिचाँदी गाउँपालिका १ काे अउल खोला लोड्नीमा जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको ज्यान गएको छ ।
    सदरमुकाम खलङ्गाबाट जुनिचाँदी गाउँपालिकातर्फ छुटेको भे १ ज ९३५ नम्बरको जीप पल्टिँदा जुनिचाँदी गाउँपालिका वडा नम्बर ११ का अध्यक्ष अमरबहादुर शाहीसहित पाँच जनाको ज्यान गएको प्रहरीलाई उदृत गर्दै उज्यालो सहकर्मी बालकुमार शर्माले जनाएका छन् ।
    दुर्घटनामा ज्यान गुमाएकामध्ये वडाध्यक्ष अमरबहादुर शाही र कीर्तिबहादुर शाहीको परिचय खुलेको छ । अरुको पहिचान हुन पाएको छैन । दुर्घटना भएको ठाउँ खलङ्गाबाट झण्डै ८२ किलोमिटर टाढा पर्छ । दुर्घटनास्थलमा प्रहरीको टोली केहीबेर अघिमात्र पुगेको छ ।  
    #उज्यालोबाट

    बुधवार, आश्विन २१ २०७७०५:३८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend