Logo

शनिवार, कार्तिक १ गते २०८३

images

संगठन व्यक्तिको मातहतमा हुनुहुदैन—नेकपा एमाले स्थायी कमिटी सदस्य अधिकारी

संगठन व्यक्तिको मातहतमा हुनुहुदैन—नेकपा एमाले स्थायी कमिटी सदस्य अधिकारी

  • गोपाल जिटी
  • मंगलवार, फाल्गुण २९ २०८०


  • संगठन व्यक्तिको मातहतमा हुनुहुदैन—नेकपा एमाले स्थायी कमिटी सदस्य अधिकारी

    फागुन २९, वालिङ
        नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व गृहमन्त्री खगराज अधिकारीले संगठन व्यक्तिको मातहतमा हुन नहुने बताउनु भएको छ । संगठन व्यक्तिको मातहतमा हुन नहुने र व्यक्ति संगठनको मातहतमा हुनुपर्ने नेता अधिकारीले बताउनु भएको हो । 
        मङ्गलबार स्याङ्जाको वालिङमा नेकपा एमाले वालिङ नगर कमिटीद्वारा आयोजित नगर स्तरीय जनवर्गीय संगठनहरुको संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्ने क्रममा नेता अधिकारीले नेता कार्यकर्ताहरु संगठनको मातहतमा रहेर काम गर्नुपर्ने उल्लेख गर्नुभयो । राजनीति पेशा होइन सेवा हो र नेता तथा निर्वाचित जन प्रतिनिधिले जनतालाई सर्वोपरी ठानेर काम गर्नुपर्ने  उहाँको भनाई छ । नेकपा एमाले सधैं जनताको सारथीकोरुपमा काम गर्दै आएको इतिहास साक्षी छ, जनतालाई सर्वोपरी ठानेर काम गर्छ भन्ने विगतका दिनमा सरकारमा रहेकाबेला सावित गरेको जनताले महसुस गरेका छन् । त्यसैले नेपाली जनता नेकपा एमाले प्रति भरोसा गर्नलायक पार्टीकारुपमा हेरेका नेता अधिकारीले उल्लेख गर्नुभयो । “उहाँले भन्नुभयो—नेता एवम् कार्यकर्ताहरुले निर्वाचनमा जीतेको होस या हारेको, जे भए पनि जनतालाई सर्वोपरी ठानेर सेवा गर्नुपर्छ । जनताका हरेक सुख दुःखको सारथी बनेर समाज परिवर्तनमा लाग्नु आजको आवस्यकता हो । पहिला त अनुशासन हुनुप¥यो, अनि इमान्दारितासँगै नीति र सिद्धान्त अनुसार काम गर्नुपर्दछ ।”
        नयाँ गठवन्धन अहिलेको आवस्यकता रहेको नेता अधिकारीको भनाई छ । देशमा व्याप्त वेथिति, आर्थिक एवम् सामाजिक अस्तव्यस्ततालाई लयमा ल्याएर जनताका न्युनतम आवस्यकता सम्वोधनमा टेवा पुगोस भन्ने उद्देश्यले पनि गठवन्धन आवस्यक रहेको उहाँले उल्लेख गर्नुभयो । नयाँ गठवन्धनको केन्द्रीय सरकार बनेसँगै प्रदेश सरकारहरु पनि अब छिट्टै फेरिने नेता अधिकारीले बताउनुभयो ।
        वालिङ नगर क्षेत्रमा रहेका नेकपा एमालेका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुको सहभागितामा प्रशिक्षण कार्यक्रम गरिएको हो ।

    मंगलवार, फाल्गुण २९ २०८००६:३७:४३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend