Logo

शनिवार, कार्तिक १ गते २०८३

images

विवेकशील नेपाली दल र साझा पार्टीले पुन एकीकरण गर्दै

विवेकशील नेपाली दल र साझा पार्टीले पुन एकीकरण गर्दै

  • PNN Times
  • मंगलवार, कार्तिक ४ २०७७


  • विवेकशील नेपाली दल र साझा पार्टीले  पुन एकीकरण गर्दै
     
    कार्तिक ४, काठमाण्डौ ।  विवेकशील नेपाली दल र साझा पार्टीबीच पुन एकीकरण हुने भएको छ । सुसंस्कृत राजनीति, सुशासन, भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता, समतामूलक संवृद्धि र नेपाल रूपान्तरणको लक्ष्य बोकेर नयाँ राजनीतिको विकल्पका रूपमा अगाडी बढिरहेका दुई पार्टीले पुन एकीकरण गर्न लागेका हुन । 

    विवेकशील नेपाली दल र साझा पार्टीका राजनीतिक संवाद समितिले दुई दलबिचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’ असोज २९ गते साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई बुझाएको थियो । 

    सोही प्रतिवेदन साझा पार्टीका संयोजक र विवेकशील नेपाली दलका अध्यक्षले आआफ्नो पार्टीको संघिय र केन्द्रीय समितिमा मंगलबार प्रस्तुत गरेको विज्ञप्तिमा जनाईएको छ ।  विज्ञप्तिमा विगतमा भएका आफ्ना कमजोरीलाई स्विकार्दै तथा जनभावनाको कदर गर्दै २०७७ असार ३१ गतेदेखि दुवै पार्टीले एकीकरण वार्ता शुरू गरेको उल्लेख छ ।  

    प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीय  संघिय समितिमा छलफल र अनुमोदन गर्दै आ–आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि मात्र एकीकरणको प्रक्रियाले पूर्णता पाउने दुवै पार्टीका अध्यक्ष र संयोजकले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन । सुरुमा एकता भएको दुईपार्टी बीचको आन्तरीक विवादका कारण पार्टी फुटेको थियो ।

    मंगलवार, कार्तिक ४ २०७७०६:२२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend