Logo

शनिवार, कार्तिक १ गते २०८३

images

गण्डकीका मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

  • PNN Times
  • सोमवार, जेठ २८ २०८१


  • गण्डकीका मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

    जेठ२८ , पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।

    संविधानको धारा १६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताका हैसियतले जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले आज संसद्‌मा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

    images

    विश्वासको मत लिएरमात्रै मुख्यमन्त्री पाण्डेले मंगलबार नीति तथा कार्यक्रम र असार १ गते बजेट ल्याउने योजना बनाएका छन् ।

    प्रदेश सभाको ठूलो दल कांग्रेसका २७ जना सांसद छन् । यसअघि खगराज अधिकारीले विश्वासको मत माग्दा तटस्थ बसेको राप्रपाले पनि समर्थन गर्ने पक्काजस्तै छ ।

    बहुमत संख्या ३१ पुर्‍याउन पाण्डेले मनाङबाट स्वतन्त्र सांसद जितेर एकीकृत समाजवादी प्रवेश गरी फेरि स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) र माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले फ्लोर क्रस गर्ने विश्वासका साथ पाण्डेले विश्वासको मत मागेका हुन् ।

    ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार पाण्डेले असार १३ गतेभित्र विश्वासको मत लिनुपर्ने थियो । 

    सोमवार, जेठ २८ २०८१०४:२८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend