Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बंगलादेश तनाव : नेपालसँग ऊर्जा सम्झौता अनिश्चित

बंगलादेश तनाव : नेपालसँग ऊर्जा सम्झौता अनिश्चित

  • PNN Times
  • बुधवार, श्रावण २३ २०८१


  • २३ साउन, काठमाडौं । बंगलादेशमा उत्पन्न पछिल्लो राजनीतिक उथलपुथलसँगै नेपाल र बंगलादेशबीचको ऊर्जा व्यापार सम्झौता अनिश्चित बनेको छ ।

    ऊजा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंह पछिल्लो घटनाक्रमसँगै पावर ट्रेड एग्रिमेन्ट तत्कालका लागि पर धकेलिएको बताउँछन् ।

    images

    नेपाल र बंगलादेशबीच साउन दोस्रो साता बिजुली खरिद बिक्री सम्बन्धी सम्झौताको तयारी थियो ।

    बंगलादेशमा आन्दोलनले उग्ररूप लिँदै जाँदा नेपालमा हुने सम्झौताहरू पछाडि धकेलिएका थिए । सोमबार प्रधानमन्त्री शेख हसिनाको सत्ता ढलेको छ । यसले नेपालसँगको ऊर्जा सम्झौता के हुन्छ भन्ने अन्योल बढेको हो ।

    सहसचिव तथा प्रवक्ता सिंह राजनीतिक परिवर्तन भए पनि स्थायी सरकारसँग नियमित सम्पर्क भइरहेको भन्दै सम्झौता केही पर धकिलिएको बताउँछन् ।

    ‘बंगलादेशमा शान्त वातावरण हुनासाथ पुनः हामी प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भने ।

    पछिल्लो तयारी अनुसार सबै वातावरण राम्रो भएको भए यसै साता नेपाल र बंगलादेशबीच ऊर्जा खरिद–बिक्री सम्झौता हुने थियो ।

    बंगलादेशसँग ऊर्जा खरिद बिक्री सम्झौतासँग ऊर्जा सचिव स्तरीय बैठक समेत प्रभावित बनेको छ ।

    बुधवार, श्रावण २३ २०८१०१:२२:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend