Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँको विकासलाई पहिलो प्राथमिकतामा राखेको छु- मन्त्री बस्याल

पैयूँको विकासलाई पहिलो प्राथमिकतामा राखेको छु- मन्त्री बस्याल

  • PNN Times
  • मंगलवार, भाद्र २५ २०८१


  • पैयूँको विकासलाई पहिलो प्राथमिकतामा राखेको छु- मन्त्री बस्याल

    पर्वत । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पैयूँको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ । मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला पर्वतको पैयूँ गाउँपालिका आउनु भएका बस्यालले आफ्नो कार्यकालमा पैयूँमा देखिने गरि काम गर्ने बताउनु भयो । 

    मन्त्री बस्याले पैयूँ गाउँपालिका वडा नम्बर ३ को  बेउलीबास हुदै पूर्ण गाउँ जोड्ने मुख्य सडकको शिल्यान्यास समेत गर्नु भएको छ । करिब ५ करोड लागतमा बहुबर्षिय ठेक्का लागेर बन्न लागेको सडकको मन्त्री बस्यालले शिल्यान्यास गर्नु भएको हो । 

    images

    शिल्यान्यास कार्यक्रममा बोल्दै मन्त्री बस्यालले हिजो कालापानी भनेर चिनिने पर्वतको दक्षिण भेगले सांसद हुदै मन्त्री पाएको श्रेय यहाँका नागरिकलाई दिनु भएको छ ।  म आज यो ठाउँमा आएको तपाईहरुकै ठुलो योग्दानले हो मन्त्री बस्यालले भन्नु भयो त्यसकारण तपाईहरु प्रति आभार व्यक्त गर्दछु । 

    मन्त्री बस्याल पहिलो पटक पैयूँ आएको अवसरमा पैयूँ गाउँपालिकाले समेत स्वागत गरेको छ । नेकपा एमाले पैयूँ गाउँकमिटिले पनि मन्त्री बस्यालको भव्य स्वागत गरेको छ । त्यस्तै पैयूँमा रहेका क्याम्पस, विद्यालय, योगशाला लगायतका संघ संस्थाले मन्त्री बस्यालको भव्य स्वागत गरेका छन । 
    7a7e50e6-6bd9-43f8-af26-c64c1a3a244f.jfif

    मंगलवार, भाद्र २५ २०८१०८:०९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend