मंसिर १८, स्याङ्जा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्राउको बिरुद्धमा नेपाली काँग्रेस स्याङ्जाले विरोध प्रर्दशन गरेको छ । पुल उदघाटन गर्न तनहु पुगेका नेता पौडेलमाथि भएको दुब्र्यवहारप्रति बिज्ञप्ती मार्फत खेद प्रकट सहित बिहीवार सदरमुकाममा बिरोध र्याली गरेको हो ।
कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमारले बुधवारको घटनाले संबिधानको उल्लंघन गरेको बताउनुभयो । ‘सरकारले मानव अधिकार, कानूनी राज्य, मौलिक हक लगायत आधारभूत मूल्य मान्यमाथि नांगो प्रहार गरेको भन्दै रानाले योजनाबद्ध षडयन्त्रवाट लोकतान्त्रिक ब्यवस्थामा शान्ति खलबल्याउने तथा राज्यलाई द्धन्द्धमा धकेल्ने सरकारको गैरजिम्मवार कार्य रहेको बताउनु भयो ।
सभापति रानाले जिल्लामा अब हुने कुनैपनि शिलान्यास वा उदघाटन कार्य राजनैतिक सहमति बिना कसैले पनि नगर्ने तर अनुरोधलाई वेवास्ता गरिएमा स्याङजा काँग्रेस प्रतिरोधमा उत्रने बताउनु दिनुभयो । बिरोध र्यालीले सदरमुकाम परिक्रमा गर्दै सहिदचोकमा पुगेर कोणसभा गरेको थियो ।