Logo

शनिवार, कार्तिक १ गते २०८३

images

हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ : महेश बस्नेत

हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ : महेश बस्नेत

  • PNN Times
  • बुधवार, आश्विन २२ २०८२


  • २२ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई चुनौती दिएका छन् ।

    बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बस्नेतले हिम्मत भए पक्राउ गर्न चुनौती दिएका हुन् । ‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर । तिम्रो बाउको हिम्मत छ भन्ने शब्द नराम्रो हो त,’ बस्नेतले भने, ‘केपी ओली दोषी हुनुहुन्छ र तिम्रो बाउको हिम्मत छ भने पक्राउ गरेर देखाऊ ।’

    images

    जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा उनीमाथि केही जेनजी अगुवाहरुले प्रहरीमा मंगलबार उजुरी दिएका थिए । सो उजुरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा फरवार्ड गरेको थियो ।

    त्यसको भोलिपल्ट बस्नेतले ओलीलाई पक्राउ गरेर देखाउन चुनौति दिएका हुन् । 

    बुधवार, आश्विन २२ २०८२०१:२३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend